नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई अउसम अगस्ट योजना सुरु गरेको छ। यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्सपो २०८२ सँगै सो योजना सञ्चालन हुने कम्पनीको भनाइ छ । हुन्डाईको स्टल नम्बर एल४ रहेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।

‘हुन्डाई अउसम अगस्ट’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ।

नाइमा मोबिलिटी एक्सपो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन गिफ् ह्याम्पर पनि समावेश गरिएको कम्पनीको भनाइ छ।

हुन्डाईले आफ्नो ग्रान्ड आई१० नियोस, भरना, क्रेटा इलेक्ट्रिक, क्रेटा आईसीई र आयोनिक ईभी जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको बताएको छ। यस अभियानले ग्राहकहरूलाई आकर्षक अफरहरू मात्र नभई यात्रा र उत्साहको अवसर पनि प्रदान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीमा देखियो अत्याधिक क्रेज, वुटवल–भैरहवा क्षेत्रमा एकैदिन ३० युनिट बिक्री

क्रेटा ईभीमा देखियो अत्याधिक क्रेज, वुटवल–भैरहवा क्षेत्रमा एकैदिन ३० युनिट बिक्री

काठमाडौं–हालै नेपाल आएको क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । सोहि...

११ लाख भारुमा लन्च भयो क्रेटा फेसलिफ्ट, तीन इन्जिन बिकल्प र ७ ट्रिममा उपलब्ध हुने

११ लाख भारुमा लन्च भयो क्रेटा फेसलिफ्ट, तीन इन्जिन बिकल्प र ७ ट्रिममा उपलब्ध हुने

हुन्डाईले आधिकारिक रूपमा भारतमा क्रेटा फेसलिफ्ट सार्वजनिक गरेको छ ।...

नेक्स्ट–जेन क्रेटा २०२७ मा आउने, डिजाइनसंगै कम्फर्ट र सेफ्टि फिचर अपडेट हुने

नेक्स्ट–जेन क्रेटा २०२७ मा आउने, डिजाइनसंगै कम्फर्ट र सेफ्टि फिचर अपडेट हुने

हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...