बन्द भयो हिरो म्याभ्रिक ४४०

भारतीय मोटरसाइकल बजारमा प्रिमियम सेग्मेन्टमा धेरै उत्कृष्ट बाइकहरू उपलब्ध छन्। त्यही सेग्मेन्टमा हिरो मोटोकर्पले प्रस्तुत गरेको म्याभ्रिक ४४० बाइक अब बन्द गरिएको छ। मिडिया रिपोर्टका अनुसार सो बाइक कम्पनीले बजारबाट हटाइसकेको छ। यद्यपि, कम्पनीले यसबारे अहिलेसम्म कुनै औपचारिक सूचना भने सार्वजनिक गरेको छैन ।

सो बाइक बन्द गरिनुको मुख्य कारण यसको बिक्रीमा आएको गिरावट हो। रिपोर्टका अनुसार म्याभ्रिक ४४० को बिक्री सन्तोषजनक नहुनुले गर्दा कम्पनीले यसलाई उत्पादन र वितरणबाट हटाएको हो।

म्याभ्रिक ४४० बाइक विशेष सुविधाले भरिपूर्ण थियो। यसमा एलईडी हेडलाइट, डीआरएल, टेललाइट, टर्न इन्डिकेटर, दुबै पाङ्ग्रामा डिस्क ब्रेक, १७ इन्चका अलोय ह्विल, १७५ एमएम ग्राउन्ड क्लियरेन्स, डिजिटल स्पिडोमिटरजस्ता सुविधा थिए। साथै, बाइकमा ३५ भन्दा बढी स्मार्ट कनेक्टेड फिचर्स पनि उपलब्ध थिए।

सो बाइक ४४० सीसी क्षमताको एयर-कुल्ड तथा आयल-कुल्ड इन्जिनसहित बजारमा ल्याइएको थियो। यसले २०.१३ किलोवाटको पावर र ३६ एनएमको टर्क उत्पादन गर्न सक्थ्यो।

हिरो मोटोकर्पले म्याभ्रिक ४४० लाई तीन फरक भेरिएन्टमा बिक्रीमा ल्याएको थियो। यसको प्रारम्भिक मूल्य २ लाख देखि २ लाख २५ हजार भारुसम्म निर्धारण गरिएको थियो।

म्याभ्रिक ४४० ले हार्ले डेभिडसन एक्स४४०, ट्रायम्फ स्पिड ४००, ट्रायम्फ स्क्याम्बलर ४००, बजाज डोमिनार ४०० जस्ता बाइकसँग प्रतिस्पर्धा गरिरहेको थियो।

हालसम्म कम्पनीले यसलाई पूर्ण रूपमा उत्पादनबाट हटाएको औपचारिक घोषणा नगरे पनि बिक्रीमा आएको निरन्तर गिरावट र मिडिया रिपोर्टको आधारमा म्याभ्रिक ४४० अब भारतीय बजारमा कहिल्यै नफर्कने संकेत देखिन्छ।

सम्बन्धित समाचारहरू

दशैको बेला हिरोको मेला : बाइक र स्कुटर किन्दा १ लाख सम्म नगद पाउन सकिने

दशैको बेला हिरोको मेला : बाइक र स्कुटर किन्दा १ लाख सम्म नगद पाउन सकिने

काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ...

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम

काठमाडौ – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले आज...

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...