फर्च्युन ग्लोबलको सूचीमा पहिलो पटक टप १०० सूचीमा बीवाईडी, उक्लियो ९१ नम्बरमा

विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल ५०० लिस्ट अन्तर्गत ९१ नम्बरमा उक्लिएको छ । बीवाईडीले पहिलो पटक टप १०० भित्रैको सूचीमा परेर यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

गत वर्ष बीवाईडी यो सूचीको १४३ नम्बरमा थियो भने त्यो भन्दा पहिलेको वर्ष २१२ नम्बरमा थियो । बीवाईडी लगातार यो सूचीमा महत्वपूर्ण उपलब्धि सहित अगाडि बढिरहेको छ । यस प्रकार यो सूचीमा बीवाईडी लगातार चौथो वर्ष रहन सफल भएको छ । त्यसैगरी अटोमोटिभ कम्पनी मध्ये बीवाईडीले तीव्र गतिमा वृद्धि भइरहेको कम्पनीको पहिचान समेत कायम गरेको छ ।

सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार न्यु इनर्जी भेइकल अर्थात एनईभी बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको यिो । हाल विश्वका ११२ देशमा बीवाईडीका सवारी साधन बिक्री हुने गरेका छन् ।

ईभी बाहेक ब्लेड ब्याट्रीका लागि समेत बीवाईडी लोकप्रिय छ । सो ब्याट्री टेस्ला, बीएमडब्ल्यु, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटो मेकरलाई समेत बीवाईडीले उपलब्ध गराइरहेको छ ।

नेपालमा समेत बीवाईडीका सवारी साधन उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

कुन कम्पनीको अवस्था के ?
बीवाईडीले यो सूचीमा पहिलो पटक टेस्लालाई पनि पछि पारेको छ । टेस्ला १०६ नम्बरमा रहेको छ ।

त्यसैगरी यो सूचीमा अन्य अटोमोबाइल कम्पनीहरु पनि रहेका छन् । सूचीमा फक्सवागन ग्रुप १५, टोयोटा मोटर १९, स्टेलान्टिस ३१ र जनरल मोटर्स ५० नम्बरमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...

अब जनकपुरमा पनि एथर एक्सपेरियन्स सेन्टर

अब जनकपुरमा पनि एथर एक्सपेरियन्स सेन्टर

जनकपुर – नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्डएथर इनर्जी...

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...