आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर
काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...
चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन अन्तर्गत आएको छ । अटो होमले रिपोर्ट गरेअनुसार, चांगन प्रत्यक्ष रूपमा नयाँ राज्य–स्वामित्वको उद्यमको रूपमा स्थापित भएको हो ।
कम्पनी जुलाई २७ मा २० अर्ब युआन (लगभग २.७५ अर्ब अमेरिकी डलर) पुँजीका साथ दर्ता भएको थियो । चांगन अटोमोबाइलका अध्यक्ष झु हुआरोङलाई नयाँ संस्थाको कानुनी प्रतिनिधिको रूपमा सूचीबद्ध गरिएको र कम्पनीलाई उनैले नेतृत्व गर्ने अपेक्षा गरिएको छ । चोङकिङमा मुख्यालय रहेको चांगन अन्तर्गत अटोमोबाइल र न्यु इनर्जी भेइकलको बिक्री तथा अटोमोटिभ कम्पोनेन्टहरुको अनुसन्धान र विकास समाबेश छ ।
चांगन अटो अन्तर्गत हाल दिपल, कियुआन, काइचेङ र अवतार लगायत ब्रान्डमा सवारीसाधन उत्पादन हुँदै आएका छन् । नयाँ समूहको स्थापनाको अवसरमा यी सबै ब्रान्डले संयुक्त रूपमा प्रचार सामग्रीहरू जारी गर्न थालेका छन् ।
‘नयाँ अभियान, नयाँ यात्रा’ नारा अन्तर्गत, पोस्टरहरूमा नयाँ समूह अन्तर्गतका ब्रान्डहरूको प्रतिनिधित्व गर्ने अवतार, दीपल, कियुआन, चांगन अटो र चांगन काइचेङलाई चित्रण गरिएको छ । २८ जुलाईको रात २०० अवतार ईभी चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ उद्यमको स्थापनाको उत्सव मनाउने सन्देशहरू सहितको प्रदर्शनमा तैनाथ गरिएको थियो ।
चांगन नेपाली बजारमा समेत उपलब्ध रहदै आएको अटोमोबाइल ब्रान्ड हो । यस ग्रुप अन्तर्गत उत्पादन हुने दिपल, अवतार र सोकोन जस्ता ब्रान्ड नेपाली ग्राहकको रोजाइमा पर्न थालेका छन् ।
काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...
काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश...
काठमाडौं – भदौ ३ देखी सुरु हुने नाडा अटो शोमा चांगनको सस्तो कार लुमिन लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...