ईभी स्कुटरका साथ काइनेटिककाे कम्ब्याक, काइनेटिक डीएक्स इलेक्ट्रिक स्कुटर लन्च

काइनेटिक ग्रिनले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर "काइनेटिक डीएक्स" लन्च गरेको छ। कम्पनीले सो स्कुटरमा उच्चस्तरीय प्रविधि र उपयोगी फिचरको संयोजन प्रस्तुत गरेको छ।

सो स्कुटरमा २.६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ। एकपटक चार्ज भएपछि स्कुटरमा ११६ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। स्कुटरमा जडान गरिएको हब मोटरले यसलाई अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सक्ने बनाउँछ। यसमा सवारीका लागि तीन फरक मोड उपलब्ध छ ।

काइनेटिक डीएक्समा ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पिकर, भ्वाइस कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, काइनेटिक असिस्ट, ७४८ एमएम सिट, ३७ लिटरको अन्डरसिट स्टोरेज, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड, रिभर्स मोड, रिजेनेरेटिभ टेक्नोलोजी, क्रुज कन्ट्रोल, इजी चार्जर, इजी कि, इजी फ्लिप र १६ भाषामा सञ्चालन गर्न सकिने सुविधा उपलब्ध छ।

कम्पनीले काइनेटिक डीएक्सलाई दुई भेरिएन्टमा बजारमा ल्याएको छ। यसको सुरुवाती मूल्य १ लाख ११ हजार भारु तोकिएको छ भने टप भेरिएन्टको मूल्य १ लाख १७ हजार भारु राखिएको छ।

सम्बन्धित समाचारहरू

मिनी एसयूभी भीएफ–३ लाई भारतमा उत्पादन गर्दै भीनफास्ट, नेपाल पनि आउने

मिनी एसयूभी भीएफ–३ लाई भारतमा उत्पादन गर्दै भीनफास्ट, नेपाल पनि आउने

भियतनामी ईभी निर्माता भीनफास्टले भारतमा भीएफ–३ इलेक्ट्रिक मिनी–एसयुभीको...

अल्ट्राभायोलेटको नयाँ स्कुटर २ हप्तामा ५० हजार बुकिङ, रेन्ज २६० किलोमिटर

अल्ट्राभायोलेटको नयाँ स्कुटर २ हप्तामा ५० हजार बुकिङ, रेन्ज २६० किलोमिटर

अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो टेसेरेक्ट इलेक्ट्रिक स्कूटरको लागि...

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीको बिक्री बढ्दै गएको छ। तर यसमा भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...