चीनमा यो साताका समाचार : फोर्ड देखि बीवाईडी र चेरी देखि अन्य कम्पनी चर्चामा

चिनियाँ सवारी साधन बजार विश्वकै लागि चासोको विषय बन्छ । पछिल्लो समयमा विशेष गरी विद्युतीय सवारी अर्थात ईभीको क्षेत्रमा चीनले विश्वलाई नै चकित पार्ने गरी कार्य गरिरहेको छ । यसका साथै अन्य पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन समेत चर्चामा छन् ।

चिनियाँ बजारमा फोर्ड मोटर कम्पनीले ब्रोङ्को ईभीलाई स्थानीय स्तरमै प्योर इलेक्ट्रिक र रेन्ज–एक्सटेन्डेड भर्सन उतार्ने तयारी गरेको छ । चाइनिज ईभी बजारमा आफ्नो उपस्थिति बलियो देखाउनका लागि फोर्डले यस्तो योजना ल्याएको बताएको छ ।

लिपमोटरको बी प्लेटफर्ममा आधारित नयाँ स्मार्ट ईभी विकासका लागि लिपमोटर र एफएडब्लुले रणनीतिक सहकार्यलाई अझै बलियो बनाउने भएका छन् । लिपमोटरको बी–प्लेटफर्ममा आधारित ईभी बी१० र बी०१ ले राम्रो पर्फमेन्स देखाइरहेका छन् । यसकारण नै सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लिपमोटरका २० हजार गाडी निर्यात भएका छन् । यी मध्ये ८४ प्रतिशत चाहिं युरोपमा निर्यात भएका छन् ।

चेरीले भारतको जेएसडब्लु ग्रुपका लागि अटो कम्पोनेन्ट सप्लाई गर्ने गरी मात्र साझेदारी गरेको स्पष्ट गरेको छ । यसका लागि आवश्यक प्रविधि विकास जेएसडब्लु आफैले गर्नेछ र कुनै टेक्नोलोजी ट्रान्सफर हुने छैन । जेएसडब्लु ग्रुपले भारतमा एमजीका गाडी बिक्री–वितरण गरिरहेको छ ।

ग्रेटवाल मोटर्स अर्थात जीडब्लुएम अब रसिया, दक्षिण अमेरिका र अन्य राइट ह्यान्ड ड्राइभ बजारमा केन्द्रित हुने भएको छ । सन् २०२५ मा जीडब्लुएमले ५ लाख २० हजार सवारी साधन निर्यात गर्ने लक्ष्य लिएको छ । यद्यपि वर्षको पहिलो अर्धवार्षिक अवधिमा १ लाख ९८ हजार युनिट मात्र बिक्री गर्न सफल भएको छ । यो भनेको वार्षिक लक्ष्यको ३८ प्रतिशत हो । रसियामा यसको बिक्री २१.५ प्रतिशतले घटेको छ भने ब्राजिलियन बजारमा २० प्रतिशत बजार बढेर १५ हजार युनिट पुगेको छ ।

चीन मात्र नभएर विश्वमै अग्रणी ईभी उत्पादक कम्पनीको रुपमा परिचित बीवाईडीले सन् २०२६ देखि पाकिस्तानमा ईभी एसेम्बली सुरु गर्ने भएको छ । पाकिस्तानको कराँचीमा स्थानीय वितरक मेगा मोटरसँग मिलेर बीवाईडीले फ्याक्ट्री स्थापना गर्ने भएको छ । सन् २०२५ को अप्रिल देखि यसको निर्माण प्रारम्भ भएको छ । यसको वार्षिक उत्पादन क्षमता २५ हजार युनिट छ । सो प्लान्टमा इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी एसेम्बल हुनेछन् ।

मर्सिडिज बेन्जले चीनमा एडीएएस अर्थात एडास सप्लायरलाई परिवर्तन गरेको छ । कम्पनीले पहिले एनभिडियालाई केही चाइनिज मोडलमा अटोनोमस ड्राइभिङ सिस्टमका लागि एनभिडियाका उत्पादन प्रयोग गरिरहेकोमा अब भने मामेन्टाका उत्पादन प्रयोग गर्ने भएको हो । एनभिडिया भने यसबाट असन्तुष्ट भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च, फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च, फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

सिम्पल वानले भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ ।...

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...