मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

तुलसीपुर (दाङ) । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् ।

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले बताए । “मैले १० वर्ष भयो तरकारीखेती गरेको”, उनले भने, “यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।

हरेक दिन बिहान ५ बजे उठेर उनले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्छन् । उनी तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । “विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उनले भने, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”

उनले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आएका छन्, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताए । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनले बताए ।

सम्बन्धित समाचारहरू

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

भारतमा अब यूएसडी फोर्क मोटरसाइकल सस्तो मूल्यमा पनि उपलब्ध हुन थालेका छन्।...

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं – नेपाली बजारमा जोनसेनका मोटरसाइकल उपलब्ध हुने भएका छन् ।...

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकल चालकका लागि आफ्नो बाइकको रङ लामो समयसम्म चम्किलो राख्नु ठूलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...