गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा, मूल्य ५७ लाख रुपैयाँ
काठमाडौं – आर्क्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय...
काठमाडौं–एमएडब्लु बृद्धिले नेपाल ल्याउन लागेको इलेक्ट्रिक कार दिपल एस०५ र नामी ०६ को मूल्य सार्बजनिक भएको छ । कम्पनीले भन्सार प्रयोजनका लागि यी ईभीको मूल्य सार्बजनिक गरेको हो । यी दुबै ईभी आगामी भदौ ३ गतेबाट सुरु हुने नाडा अटो शोमार्फत औपचारिक लन्च हुने तयारीमा छन् ।
एमडब्लु बृद्धिका अनुसार दिपल एस०५ तीनवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसअनुसार, लाइट भेरिएन्टको मूल्य ६२ लाख ९९ हजार, प्लसको ६५ लाख ९९ हजार र म्याक्सलाई ६७ लाख ९९ हजार रुपैयाँ पर्ने बताइएको छ ।

एस०५ लाई कम्पनीले थाइल्यान्डबाट आयात गरी ल्याउन लागिएको हो । यस इलेक्ट्रिक एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्रीका विषयमा कुनै जानकारी दिइएको छैन ।
यसैगरी, एमएडब्लु बृद्धिले ल्याउन लागेको अर्को वहुप्रतिक्षित इलेक्ट्रिक कार नामी ०६ समेत तीनवटै भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ । प्रकाशित मूल्य सुचीअनुसार यस कारको ई१, ई२ र ई३ भेरिएन्ट नेपाल आउन लागेको हो । नामी०६ दुईवटा ब्याट्रीको अप्सन पाइनेछ ।
नामी ०६ को ई१ र ई२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ भने ई३ मा ५१.८७ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ । यसको मूल्य क्रमशः ५७ लाख ९९ हजार, ६० लाख ९९ हजार र ६२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

भन्सार प्रयोजनका लागि सार्बजनिक भएकाले यी दुबै ईभीको मूल्यमा पछि थपघट हुन सक्नेछ ।
काठमाडौं – आर्क्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय...
चाइनिज टेक कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ आगामी मार्च २८ मा...
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...