नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

काठमाडौं –आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु हुने नाईमा नेपाल मोबिलिटी एक्सपोमार्फत औपचारिक लन्च हुने तयारीमा छ । पारामाउन्ट मोटर्स आधिकारिक वितरक रहेको यस एसयूभी विगत केही समययता नेपाली बजारमा गुड्दै आएपनि औपचारिक लन्च भएको थिएन ।

चिनियाँ अटोमोबाइल ग्रुप एसएआइसी मोटर, अलिवावा ग्रुप र ह्यान्जिङ हाइटेकको संयुक्त लगानीमा स्थापना भएको आइएम–६ कुपे डिजाइन एसयूभी हो । यहि सेग्मेन्टमा अन्य एसयूभीको तुलनमा निकै पृथक देखिने यस एसयूभीमा अत्याधुनिक फिचर राखिएको छ ।

यस एसयूभीमा तीन वटा स्क्रीन, मसाज सिट, २० स्पीकर सहितको अडियो सिस्टम, लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, स्मार्ट ड्राइभ एसिस्ट, अटोनोमस पार्किङ एसिस्टेन्स र ‘क्वालकमको स्न्यापड्रागन एसए–८२९५ पी प्लेटफर्म’ सहितको स्मार्ट ककपिट पाउन सकिन्छ । यी र यस्ता विशेषताले आईएम–६ निकै विलासी बनाएको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा यसमा ७५ किलोवाट आवरको ब्याट्री प्याक तथा २१६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस ईभीको पीक टकए भने ४५० एनएम छ ।

आईएम–६ ले हाल बजारमा उपलब्ध जिकर एक्स, एक्सपेङ जी६, बीवाईडी सिलायन–७ र दीपाल एस–०७ लगायत मोडलसंग प्रतिस्पर्धा गर्ने देखिन्छ । यी मोडलसंग प्रतिस्पर्धा गर्नेगरी पारामाउन्ट मोटर्सले आईएम–६ को मूल्य ७० देखी ८० लाख हाराहारीमा निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले मिलानमा चलिरहेको ईआईसीएमए २०२२ मा आफ्नो पहिलो ई–स्कुटर ईएम१ई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...