एवाेन ईभीमा ८ लाख सम्म छुट घोषणा, अन्य थुप्रै अफर

काठमाडौं - नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले एवाेन ईभीकाे आधिकारिक वितरक सीजी माेटर्सले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवाेन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवाेनको दृष्टिकोणलाई सुदृढ गर्नु हो। मूल्य छुटको अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन्।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको लोन अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा  उपलब्ध हुनेछ।

साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ। एवाेनका इलेक्ट्रिक गाडीहरू नेपालमा भविष्यमुखी डिजाइन र प्रविधिको प्रतीकका रूपमा स्थापित भइरहेको कम्पनीले बताएकाे छ ।

यो नयाँ अफरमार्फत सीजी मोटर्सले सवारी साधन मात्र नभएर, विद्युतीय यात्रासँग जोडिएको जीवनशैलीको सहजता पनि प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध...

१८ मिनेटमै सोल्ड आउट भयो सिट्रोनको मिनी ईभी

१८ मिनेटमै सोल्ड आउट भयो सिट्रोनको मिनी ईभी

केही दिन पहिले सिट्रोनले लन्च गरेको माई एमी बग्गी नामक सानो इलेक्ट्रिक कार...

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...