नाइमा माेबिलिटी एक्सपाे २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे५’ एसयूूभी


काठमाडौँ – नेपालका लागि जेइकाे ईभीकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे५ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई५ र जेइको जे६ ईभी लाइनअपसँगै नयाँ जेइको जे५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको बताएकाे छ ।

एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे५ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफरोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।

जे५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रयुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो अलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

जेइको जे५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।

नाइमा २०२५ मा ‘जेइको जे५’ सार्वजनिक गर्दै जेइकोले नेपालको ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको बताइएको छ । पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीकाे रुपमा आफ्नो परिचय स्थापित गर्ने कम्पनीकाे दाबी छ ।

सम्बन्धित समाचारहरू

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...

नेपालमा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

नेपालमा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षामा कुनै सम्झौता गर्न नचाहनेका लागि...

इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिइने

इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिइने

भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...