किन बाइक, स्कुटर वा कारको पछाडिको टायर बढी पञ्चर हुन्छ? यस्तो छ कारण

बाइक, स्कुटर वा कार चलाउने अधिकांश व्यक्तिहरूले प्रायः पछाडिको टायर नै पञ्चर हुने अनुभव गरेका छन्, जबकि अगाडिको टायर बिरलै मात्र पञ्चर हुन्छ। धेरै सवारी चालकहरूले अनुभव गरेको यो समस्या केवल संयोग होइन, यसको पछाडि वैज्ञानिक र प्राविधिक कारणहरू छन्।

यातायात विशेषज्ञहरूका अनुसार, टायर पञ्चर हुनुमा सवारीको वजन वितरण, सडकको अवस्था, र टायरको प्रयोग शैलीले प्रमुख भूमिका खेल्छ। मोटरसाइकल र स्कुटरमा सवारी चालक र पछाडिको यात्रु दुवैको तौल प्रायः पछाडिको टायरमा बढी पर्छ। यसले टायरमा बढी दबाव पर्नुका साथै, सडक सतहमा सिधै सम्पर्क बढाउँछ, जसले गर्दा साना कीला, काँडा वा कांचका टुक्राहरू सजिलै टायरभित्र छिर्न सक्छ।

अर्को महत्त्वपूर्ण कारण भनेको सडकमा रहेको फाेहाेर, काँडा वा धारिलो वस्तुहरू अगाडिको टायरले छलाए पनि पछाडिको टायर त्यही स्थानबाट जान्छ जसले गर्दा ती वस्तुहरू सिधै त्यस टायरमा घुसेर पञ्चर गराउँछ ।

अर्कोतर्फ, अगाडिको टायरले मुख्यतः सवारी मोड्ने काम गर्छ र यसमा धेरै कम तौल पर्छ। मोटरसाइकलमा अगाडिको भागमा हेडलाइट, पेट्रोल ट्याङ्की र ह्यान्डलजस्ता हलुका संरचना मात्रै हुन्छन्। यही कारणले अगाडिको टायरको पकड कम हुन्छ र त्यसले धारिलो वस्तुलाई थिच्ने भए पनि पञ्चर हुने सम्भावना कम हुन्छ।

प्राविधिक हिसाबले हेर्दा पनि पछाडिको टायरले तौल मात्र हैन, गाडीलाई अगाडि धकेल्ने शक्ति पनि प्रयोग गर्छ। अर्थात्, त्यही टायरबाट ड्राइभिङ पावर ट्रान्सफर हुन्छ, जसले गर्दा अत्यधिक घर्षण र ताप पैदा हुन्छ। यो तापले टायरको सतहलाई नरम बनाउँछ, जसले धारिलो वस्तु सजिलै भित्र पस्न सक्छ।

कारको सन्दर्भमा पनि यदि ट्रंकमा भारी समान राखिएको छ भने, त्यसले पछाडिको टायरमा प्रभाव पार्छ। साथै, रियर-व्हिल ड्राइभ कारहरूमा टायरको दवाब अझ बढी हुने हुँदा त्यहाँ पनि यही समस्या देखिन्छ।

विशेषज्ञहरूले सवारी चालकलाई नियमित रूपमा टायरको हावा जाँच गर्ने, गुणस्तरीय टायर प्रयोग गर्ने र कांच वा काँडा भएको बाटोबाट जोगिने सुझाव दिने गरेका छन्।

सम्बन्धित समाचारहरू

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

दैनिक यात्रा गर्ने धेरै मानिसको प्रमुख सवारीसाधन कार हो। तर कहिलेकाहीँ...

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो...

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...