प्योर ईभीले इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० ल्याउने, टिजर सार्वजनिक
इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५०...
काठमाडौं–नेपाली बजारमा अवको १५ दिनपछि अर्को नयाँ बिद्युतीय एसयूभी लन्च हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीले चिनियाँ अटो उत्पादक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभीलाई साउन २१ गते आयोजना हुन गइरहेको नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत औपचारिक लन्च गर्न लागेको हो ।
फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट यसअघि नै नेपाल आएर परिक्षण भैरहेको छ । यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ भने मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने वताइएको छ ।
६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।
फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।
सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट/रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल/डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।
इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५०...
काठमाडौं – चौधरी ग्रुुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट...
काठमाडौं – चर्चित विद्युतीय एसयूभी आईकार भी२३ को मूल्य बढेको छ । चेरीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...