लेभल-२ एडास र ट्र्याक्सन कन्ट्रोल सहित बीएमडब्ल्युको सबैभन्दा सस्तो कार भारतमा लन्च

बीएमडब्ल्यु इन्डियाले १७ जुलाई २०२५ मा भारतीय बजारमा आफ्नो नयाँ पुस्ताको २ सिरिज ग्रान कुपे लन्च गरेको छ। कम्पनीको लाइनअपमा यो अहिलेसम्मको सबैभन्दा सस्तो कार हो, जसको सुरुवाती मूल्य ४६ लाख ९० हजार भारु तय गरिएको छ। सो कार २१८एम स्पोर्ट र २१८एम स्पोर्ट प्रो गरी दुई भेरिएन्टमा उपलब्ध छ ।

नयाँ २ सिरिज ग्रान कुपेमा कम्पनीले धेरै नयाँ प्रविधि र सुरक्षा विशेषता थपेको छ। कारमा ट्र्याक्सन कन्ट्रोल, लेभल–२ एडास, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ, ३६०-डिग्री क्यामेरा, पार्किङ असिस्ट प्लस, कर्नरिङ ब्रेक कन्ट्रोल, क्र्यास सेन्सर र क्रूज कन्ट्रोल जस्ता फिचर समावेश छ ।

कारमा १.५ लिटर क्षमताको ३-सिलिन्डर टर्बो–पेट्रोल इन्जिन छ, जसले १४० एचपीको पावर र २२० एनएमको टर्क उत्पादन गर्छ। यसमा ७ स्पिड ड्युअल-क्लच स्वचालित गियरबक्स समावेश छ । सो इन्जिनले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ८.६ सेकेन्डमा लिन्छ। यसको अधिकतम गति २२५ किलोमिटर प्रतिघण्टा छ।

गाडीको डिजाइन अझै आकर्षक बनाइएको छ। यसको अगाडिको भागमा नयाँ शार्क-नोज डिजाइन, सानो तर आकर्षक ब्ल्याक किड्नी ग्रिल, आइकनिक ग्लो लाइटिङ ग्रिल र एलईडी हेडलाइट दिइएको छ। हेडलाइटमा ब्लु एक्सेन्ट प्रयोग गरिएको छ । साथै फ्रेमलेस डाेर, १८ इन्चको ड्युअल-टोन अलोय ह्विल र पछाडि एलईडी टेललाइट समावेश छ ।

भित्री भागको कुरा गर्दा, यसमा सफ्ट-टच सामग्रीहरू, ओइस्टर र मोक्का रंगका इन्टेरियर थिम, चाँदीको सजावट, सम्पूर्ण चौडाइमा फैलिएको एम्बियन्ट लाइटिङ, र कम फिजिकल बटनहरूको संयोजन छ। ड्यासबोर्डमा १०.७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२४ इन्चको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छन्।

यसमा वायरलेस फोन चार्जर, हेड-अप डिस्प्ले, १२-स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, रियर भेन्ट, क्याबिन क्यामेरा र नयाँ डिजिटल कि समेत दिइएको छ। पछाडिको सिटमा ३ वटा हेडरेस्ट र सेन्टर आर्मरेस्टसहित कपहोल्डर उपलब्ध छ । बुट स्पेस ४३० लिटर रहेको छ।

बीएमडब्ल्युको सो नयाँ २ सिरिज ग्रान कुपेले भारतीय बजारमा मर्सिडिज-बेन्जको ए-क्लाससँग प्रतिस्पर्धा गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...