भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन बन्ने तयारीमा छ। यस दिन विश्वका दुई प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र भिनफास्टले भारतमा आफ्नो औपचारिक यात्रा सुरु गर्ने भएका छन्। इलेक्ट्रिक सवारीको माग विश्वभर तीव्र गतिमा बढिरहेको बेला यी दुई ब्रान्डको प्रवेशले भारतीय बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
टेस्लाले १५ जुलाईमा भारतमा औपचारिक रूपमा आफ्ना उत्पादन लन्च गर्नेछ। यस विशेष अवसरमा टेस्लाका सीईओ एलोन मस्कसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको समेत मुम्बईस्थित टेस्ला शोरूममा उपस्थित हुने सम्भावना छ। यद्यपि कम्पनीले यसबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन, तर टेस्लाले भारतमा मोडल वाईबाट आफ्नो यात्रा सुरु गर्ने अनुमान गरिएको छ। मोडल वाई एक पटक चार्ज गर्दा ५२६ किलोमिटर दूरी तय गर्न सक्ने इलेक्ट्रिक एसयूभी हो ।
त्यसैदिन सो दिन भिनफास्टका लागि पनि भारतको बजारमा औपचारिक आगमनको दिन हुनेछ। कम्पनीले १५ जुलाईदेखि भारतमा आफ्नो दुई मोडल भीएफ६ र भीएफ७ को बुकिङ सुरु गर्नेछ। भिनफास्टले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन देशभर ३२ डिलरशिप खोल्ने तयारी गरेको छ ।
टेस्ला र भिनफास्ट दुबै भारतीय बजारका लागि महत्वपूर्ण मोड सावित हुने अनुमान गरिएको छ । यसले उपभोक्तालाई नयाँ विकल्प मात्र होइन, देशको हरित यातायात लक्षमा पनि ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
टेस्लाले आफ्नो लोकप्रिय एसयूभी मोडल वाईको नयाँ र किफायती संस्करण पेश...
विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले चालकविहीन कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...