भारतको पहिलो डी प्लस एसयूभी एमजी म्याजेस्टर नाइमा एक्सपोमा सार्वजनिक, १५ लाख ५० हजार फाइदा हुने
काठमाडौं नेपालका लागि जेएसडब्लु एमजी मोटरको आधिकारिक वितरक जीओ...
एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा उतार्ने तयारी गरेको छ । कम्पनीले अगस्ट ५ मा प्रि–अर्डर खुल्ला गर्ने र आधिकारिक रूपमा सेप्टेम्बरमा लन्च गर्ने तयारी गरेको हो ।
नयाँ एमजी४ मा कम्पनीले पहिलोपटक सेमी सोलिड स्टेट ब्याट्री उपलब्ध गराउनसक्ने अनुमान गरिएको छ । आकारको हिसाबले यस कार बिवाईडी डल्फिन र फक्सवागन आइडि–३ भन्दा ठुलो हुृनेछ ।
कम्पनिका अनुसार कारमा फ्लोटिङ सेन्ट्रल टचस्क्रिन र आयताकार डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र टू स्पोक मल्टिफंक्शन स्टेयरिङ ह्वील उपलब्ध हुनेछ । साथै, यसमा इलेक्ट्रोनिक गियर शिफ्टर, वायरलेस फोन चार्जिङ प्याड, पावर समायोजन, हिटिङ एन्ड भेन्टिलेसनसहितको सिट समावेश गरिएको छ ।
नयाँ एमजी४ ले हाइवे नेभिगेट अन अटोपायलटसहित असिस्टेड ड्राइभिङ फिचरसमेत सपोर्ट गर्ने अनुमान गरिएपनि पूर्ण फिचरहरु सार्बजनिक गरिएको छैन । साथै, पावरट्रेन र अनुमानित मूल्यका विषयमा समेत कम्पनी मौन देखिएको छ ।
एमजी४ नेपाली बजारमा समेत उपलब्ध बिद्युतीय कार हो । चीनमा लन्च भएर अन्तराष्ट्रिय बजारमा समत निर्यात हुन थालेपनि यसको नयाँ मोडल नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नयाँ एमजी४ का लागि नेपाली ग्राहककले कम्तिमा २०२६ सम्म भने कुर्नुपर्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...