यस्ता छन् हालै लन्च भएको पारिवारिक स्कुटर टीभीएस जुपिटर ११० को प्रमुख विशेषता

भारतमा अत्यधिक लोकप्रिय स्कुटरमध्ये एक टीभीएस जुपिटर ११० अब आधिकारिक रूपमा नेपाली बजारमा पनि प्रवेश गरेको छ। टीभीएस मोटर कम्पनीले नयाँ इन्जिन र अत्याधुनिक प्रविधि सहित सो पारिवारिक स्कुटर नेपालमा लन्च गरेको हो।

सन् २०१२ मा पहिलोपटक लन्च भएको टीभीएस जुपिटर भारतमा बिक्रीको मामिलामा दोस्रो स्थानमा रहँदै आएको छ। हालसम्म ७० लाखभन्दा बढी ग्राहकको भरोसा जितिसकेको सो स्कुटर अब नेपाली प्रयोगकर्ताको प्राथमिकतालाई ध्यानमा राखेर अपडेट मोडल नेपालमा भित्रिएको हो।

नेपालमा लन्च गरिएको टीभीएस जुपिटर ११० को मूल्य २ लाख ५७ हजार ९०० राखिएको छ। सो बाइक सबै टीभीएस डिलरशिपमा पाइन सकिनेछ।

सो स्कुटरमा दैनिक प्रयोगलाई सहज बनाउने धेरै विशेषताहरू छन्। सिट मुनि दुई हेलमेट अटाउने क्षमता, अगाडि इन्धन हाल्ने सुविधा, ठूलो फ्लोरबोर्ड स्पेस, रोटोपेटल डिस्क ब्रेक, आपतकालीन ब्रेक वार्निङ र मेटलम्याक्स बडी जस्ता सुरक्षात्मक सुविधा यसमा समावेश छ । साथै, आरामको लागि बडी ब्यालेन्स २.० सहितको लामो सिट र स्मार्टक्सनेक्ट ब्लुटुथ क्लस्टर समेत दिइएको छ ।

यसमा ११३.३ सीसीको सिंगल सिलिन्डर, ४-स्ट्रोक इन्जिन दिइएको छ, जसले ५.९ किलोवाट पावर र ९.८ एनएम टर्क उत्पन्न गर्छ। आईगो असिस्ट टेक्नोलोजी सहित अटो स्टार्ट-स्टप, आईएसजी टेक्नोलोजी र स्मार्ट इग्निशन सिस्टमले ओभरटेक र उकालो चढ्दाका बेला अतिरिक्त पावर प्रदान गर्छ। कम्पनीका अनुसार, पुरानो संस्करणको तुलनामा यसले १० प्रतिशतले बढी माइलेज दिनेछ।

सो स्कुटर नेपाली बजारमा परिवार र दैनिक यात्रुको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ। टीभीएस जुपिटर ११० ले नेपालको स्कुटर बजारमा नयाँ स्तर निर्धारण गर्ने विश्वास गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...