बजाज पल्सर एनएस४००जेड नयाँ अपडेटका साथ लन्च

बजाज अटोले आफ्नो लोकप्रिय स्पोर्ट्स मोटरसाइकल पल्सर एनएस४००जेड नयाँ अपडेटका साथ भारतीय बजारमा लन्च गरेको छ। नयाँ अपडेटसँगै यस बाइकको मूल्यमा पनि थोरै वृद्धि गरिएको छ, साथै यसमा केही महत्वपूर्ण परिवर्तन पनि गरिएको छ ।

नयाँ पल्सर एनएस४००जेडको इन्जिन पनि परिमार्जित गरेको छ । नयाँ संस्करणमा ३७३ सीसी क्षमताको इन्जिन दिइएको छ, जसले ४३ एचपी पावर उत्पन्न गर्छ। यो अघिल्लो संस्करणको तुलनामा ३ एचपीले बढी हो । साथै, बाइकले ३५ एनएम टर्क पनि उत्पन्न गर्छ।

अर्को महत्वपूर्ण अपडेट यसको टायरमा गरिएको छ। पुरानो एमआरएफ बायस प्लाई टायरको सट्टामा अब एपोलो अल्फा एच१ रेडियल टायर जडान गरिएको छ। अगाडिको टायर ११०/७०-जेडआर१७ र पछाडिको टायर १५०/६०-जेडआर१७ साइजको छ । साथै यसको ब्रेकिङ सिस्टममा पनि सुधार गरिएको छ । अब यसमा सिन्टर्ड फ्रन्ट ब्रेक प्याड प्रयोग गरिएको छ, जसले पहिले प्रयोग गरिएका अर्गानिक ब्रेक प्याडलाई प्रतिस्थापन गरेको छ।

यसमा चारवटा फरक राइडिङ मोड स्पोर्ट, रोड, अफरोड र रेन  दिइएको छ । यसमा सिट हाइट ८०५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम यथावत् राखिएको छ, जबकि बाइकको कुल वजनमा कुनै परिवर्तन गरिएको छैन। पल्सर एनएस४००जेडको मूल्य अब १ लाख ९२ हजार भारु कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

कुनै समय भारतको नम्बर वान बन्न सफल ओला इलेक्ट्रिकलाई ठुला झट्का लागेको छ ।...

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने

४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने

प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...