अब २ लाख रुपैयाँ कम मूल्यमै सानो क्युट ईभी

काठमाडौं – २० लाख रुपैयाँ हाराहारीमा सानो र कम्प्याक्ट ईभी किन्नेका लागि नयाँ अवसरको सिर्जना भएको छ । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले पहिले भन्दा दुई लाख रुपैयाँ कम मूल्यमै केई ई–क्युट ०२ ईभी उपलब्ध गराउने घोषणा गरेका छन् ।

केई ई–क्युट ०२ को मूल्य पहिले २२ लाख ९६ हजार रुपैयाँ रहेकोमा अब २० लाख ९६ हजार रुपैयाँ मात्र तोकिएको हो । ४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्रीयुक्त सो ईभीले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम लगायतका सेफ्टी फर्स्ट फिचर रहेको केई ई–क्युट ०२ मा ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटम लगायतका विभिन्न फिचर रहेका छन् ।

केई ई–क्युट ०२ मा १०.२५ इन्चको टचस्क्रिन, चार वटा ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, १५ इन्चको टायर, अटो विन्डो क्लोजिङ, रिमोट विन्डो कन्ट्रोल, कोलम ड्राइभ सिफ्टर, सेन्सर लकिङ र अनलकिङ, ड्राइभर आर्मरेष्ट लगायतका फिचर समेत रहेका छन् ।

नेपाली बजारमा धेरै मोडलका इलेक्ट्रिक गाडी उपलब्ध छन् । मूल्य कम गरिएका कारण सानो र चिटिक्क परेको पारिवारिक ईभी खोज्नेका लागि केई ई–क्युट ०२ धेरैको रोजाइमा पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल भित्रिने...

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

फुल्ली अटोनोमस ट्रक तर्फको यात्रा चुनौतीपूर्ण भए पनि यो अब प्राप्त गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...