थप १०० स्मार्ट विद्युतीय बस काठमाडौंमा गुडाउने वारेमा छलफल

काठमाडौं - काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस सञ्चालानका लागि आवश्यक जग्गा व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल भएको छ ।

छलफलमा साझा यातायातका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले नेपाल सरकारको सहजीकरणबाट निकट भविष्यमा उपलब्ध हुने विद्युतीय सवारी साधनको सञ्चालन र व्यवस्थापनका विविध आयाम माथि प्रस्तुतिकरण दिए । सो क्रममा विद्युतीय सवारीको दिगो व्यवस्थापन र प्रयोगका सन्दर्भमा साझा यातायातलाई विद्युतीय सवारी सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको उल्लेख गरियो ।

छलफलका क्रममा नयाँ विद्युतीय बसहरु सञ्चालनका लागि आवश्यक पार्किङ तथा होल्डिङ सेन्टर, चार्जिङ स्टेशन, मर्मत केन्द्र तथा स्पेयर्स पार्टस्लगायतका विषयमा चर्चा भएको प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

साझा यातायातलाई आवश्यक जग्गाको खोजी र आवश्यक सहजीकरणका लागि प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सहसचिव नमराज घिमिरेलाई अन्तरनिकाय सहजीकरण र जग्गा यकिन गर्न काम गर्ने गरी तोक्ने निर्णय गरेको छ । उपत्यकाभित्र प्राप्त हुन सक्ने विभिन्न जग्गाका विषयमा व्यापक छलफल गरेको बैठकले त्यस्तो जग्गा प्राप्तिका लागि सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गर्न सचिव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

काठमाडौँ उपत्यकाको बढ्दो सार्वजनिक यातायातको चापलाई न्यूनीकरण गर्ने तथा विकसित शहरी यातायात प्रणालीसमेत अवलम्बन गर्ने मुख्य ध्येयसहित सरकारले केही महिनाभित्रै काठमाडौँ उपत्यकामा थप १०० वटा ठूला यात्रवाहक बस सञ्चालनको गृहकार्य गरेको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक, विकास सल्लाहकार डा युवराज खतिवडा, जनसम्पर्क सल्लाहकार किरण पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्र्मा, यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललगायत सहभागी थिए ।

सम्बन्धित समाचारहरू

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७...

उत्कृष्ट डिजाइन अवार्ड जित्ने इलेक्ट्रिक बाइक

उत्कृष्ट डिजाइन अवार्ड जित्ने इलेक्ट्रिक बाइक

ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...

जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर, यस्तो छ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको बिक्री योजना

जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर, यस्तो छ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको बिक्री योजना

काठमाडौं – नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...