ग्वार्को ओभरपास पछि अब कुन ओभरपास ? यस्तो छ विज्ञको सुझाव

ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन। खुशी हुनु स्वभाविक हो। सातदोवाटो, कोटेश्वर प्रयोगकर्ताले ग्वार्को ओभरपास पछि थप जाम हुन थालेको अनुभव गरेका छन्। एकान्तकुना वा वल्खु चोक प्रयोगकर्ताले पनि ग्वार्को ओमरपास पछि सवारी चाप बढेको अनुभव भन्न थालेका छन्।

कारण :

  • चक्रपथ २७ किलोमिटरको छ, ग्वार्कोको सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि गर्यो तर चक्रपथको क्षमता वृद्धि भएन ।
  • ग्वार्कोमा सवारी रोकिदैनन तर ती सवारीहरु पूर्वतिर वालकुमारी र कोटेश्वर चोकमा वा पश्चिमतिर सातदोवाटोमा थुप्रिने भए।
  • वालकुमारी , कोटेश्वर वा सातदोवाटोको चोकको क्षमता वृद्धि भएको नहुदा स्वभाविक ग्वार्कोको जाम त्यता सर्ने भयो।

अब के गर्ने ?

  • सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित हुन्न।
  • केही समय ग्वार्को ओभरपास को अनुभव अध्यायन गरौ। यसबाट आगामी योजना गरौ।
  • थप ओभरपास बनाउन हतार नगरौ।
  • पुर्वाधार थप गरी जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो।
  • जाम व्यवस्थापन गर्ने उपाय सडकमा सवारी संख्या कम गर्ने रणनीतिबाट हुन्छ।
  • सवारी संख्या कम गर्न सार्वजनिक यातायात सुधार गर्नु पर्छ ता कि मानिसहरु निजी सवारीप्रति कम आकर्षित र सार्वजनिक यातायातप्रति ज्यादा आकर्षित होउन्।
  • फ्लाई ओभर वा ओभर पास वा चौडा सडक बनाउदा अल्पकालिन रूपमा जाम कम हुने हो।
  • दीर्घकालीन समस्याको सामाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो। यसमा हुईमत नै छैन।

निष्कर्ष :

  • ग्वार्को ओभर पास बन्यो , खुशी बनौ, पुर्ण प्रयोग गरौ।
  • सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास बनाउन हतार नगरौ।
  • ओभरपास वा फ्लाईओभर बनाउने लगानी हाललाई सार्वजनिक यातायात व्यवस्थापनमा गरौ।
  • सार्वजनिक यातायातबाट यातायात प्रणाली सुधार हुन्छ।

आशिष गजुरेल

सम्बन्धित समाचारहरू

भोलि देखि बागमती प्रदेशका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने

भोलि देखि बागमती प्रदेशका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने

काठमाडौं – भोलि शुक्रबारदेखि बागमती प्रदेश भित्रका सवारी साधनको ब्लुबुक...

नारायणगढ–बुटवल सडककाे दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नारायणगढ–बुटवल सडककाे दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि...

६ महिनपछि रसुवागढी नाका पुनः सञ्चालनमा

६ महिनपछि रसुवागढी नाका पुनः सञ्चालनमा

काठमाडौँ–बाढी र पहिरोका कारण बन्द रहेको उत्तरको छिमेकी चीनतर्फको प्रमुख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...