नेपाल र भारत दुवै देशबाट एकैपटक आज सार्वजनिक हुँदै महिन्द्रा स्कोर्पियो एन
काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...
महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थपेर ल्याएको छ । एसयूभीमा लेभल २ एडास फिचर अपग्रेड गरिएको हो । टप स्पेक भेरिएन्ट जेड८ एलको डिजेल र पेट्रोल दुबै ट्रिममा यो फिचर थप गरिएको हो ।
एडास फिचर थप भएसंगै स्कर्पियो एनमा अव फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, स्टप एण्ड गो सहितको एडप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट पाइलन एसिस्ट, लेन डिपाचएर वार्निङ, लेन किप असिस्ट, ट्राफिक साइन रिकग्निसन र हाई विन एसिस्ट जस्ता अत्याधुनिक सेफ्टि फिचर पाइनेछ ।
एडास फिचर थप भएको यस एसयुभीको सुरुवाती मूल्य २१ लाख ३५ हजार भारु तोकिएको छ भने, सबैभन्दा महंगो भेरिएन्टलाई २५ लाख ४२ हजार भारु पर्छ ।
साथै, कम्पनीले केहि नयाँ फिचर दिएर स्कर्पियो एनको नयाँ भेरिएन्ट जेड८ टी समेत लन्च गरेको छ । यस नयाँ भेरिएन्टमा १८ इन्चको डायमन्ट कट एलोई ह्विल, १२ स्पिकर सोनि साउन्ड सिस्टम, फ्रन्ट क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, ६–वे पावर्ड ड्राइभर सिट, इलेक्ट्रिोनिक पार्किङ ब्रेक र अगाडी भेन्टिलेटेड सिट दिएको छ । नयाँ भेरिएन्टको मूल्इ २० लाख २९ हजार भारु निर्धारण गरिएको छ ।
स्कोर्पियो एन २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । फोर ह्विल ड्राइभ अप्सनमा समेत उपलब्ध यस एसयुभीमा ६–स्पीड म्यानुअल र ६–स्पीडकै अटोमेटिक ट्रान्समिनस पाउन सकिन्छ ।
स्कर्पियो एन नेपाली बजारमा समेत उपलब्ध एसयूभी हो । अग्नि ग्रुपले बिक्री गर्दै आएको यस एसयूभी नेपाली बजारमा कुल तीन भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ९० लाखदेखि १ करोड २४ लाख रुपैयाँसम्म पर्छ ।
काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...
कम्प्याक्ट एसयूभीको लोकप्रियताका कारण कम्पनीहरूले आफ्ना प्रोडक्टहरु...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...