पहिलो पटक ड्राइभर बिनै फ्याक्ट्रीबाट मालिकको घरमा पुग्यो कार, अटोड्राइभ कारको नयाँ युग सुरु

विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले चालकविहीन कार डेलिभरी गरेर विश्वभर नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले हालै आफ्नो पूर्ण स्वचालित 'मोडल वाई' इलेक्ट्रिक कार कारखानाबाट सिधै ग्राहकको घरमा पुर्‍याएर अटोमोबाइल उद्योगमा एउटा ऐतिहासिक कोसेढुंगा पार गरेको हो।

एलन मस्कले आफ्नो जन्मदिनको अवसरमा सो उपलब्धि हासिल भएको बताएका छन्। टेस्लाले आफ्नो एक्स ह्यान्डलमा कार डेलिभरीको भिडियो सेयर गरेको छ, जसमा कार आफैं चलिरहेको स्पष्ट देख्न सकिन्छ। सो कारले ट्राफिक सिग्नलमा रोकिने, अगाडि कुनै गाडी वा व्यक्ति आएमा आफैं रोकिने र त्यसपछि अगाडि बढ्ने जस्ता कार्य सहजै गरेको भिडियोमा देखाइएको छ।

टेस्लाले एक आधिकारिक पोस्टमा टेक्सास शहरमा 'मोडल वाई' को पहिलो पूर्ण स्वचालित डेलिभरी सफल भएको पुष्टि गरेको छ। कम्पनीका अनुसार, सो कार पार्किङ स्थल, राजमार्ग र शहरका सडक हुँदै कुनै चालक वा रिमोट अपरेटर बिना नै आफ्नो गन्तव्यमा पुगेको थियो। रिपोर्टका अनुसार सो कारले डेलिभरीको क्रममा अधिकतम करिब ११६ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको जानकारी दिइएको छ ।

टेस्लाले 'मोडल वाई' लाई पूर्ण रूपमा स्वचालित बनाउनका लागि अपडेट गरेको हो। सो कार पहिलो पटक मार्च २०१९ मा लन्च गरिएको थियो। 'मोडल वाई' को विश्वव्यापी मूल्य ४० हजार डलरबाट सुरु हुन्छ। सो कार ३ भेरिएन्टमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टेस्लाले ल्याउँदै मोडल वाईको सस्तो भर्सन

टेस्लाले ल्याउँदै मोडल वाईको सस्तो भर्सन

टेस्लाले आफ्नो लोकप्रिय एसयूभी मोडल वाईको नयाँ र किफायती संस्करण पेश...

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...

टेस्ला मोडल वाई जुनिपर सार्बजनिक, यस्तो छ मुल्य र विशेषता

टेस्ला मोडल वाई जुनिपर सार्बजनिक, यस्तो छ मुल्य र विशेषता

टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई जुनिपर लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...