कार ब्लगरले लन्च हुनु अगावै साओमी वाईयू–७ को भिडियो लिक गरिदिए पछि…

चीनमा एक लोकप्रिय कार ब्लगरले साओमी वाईयू–७ को भिडियो औपचारिक लन्च हुनु अगाबै लिक गरिदिएको छन् । चीनका प्रख्यात अटो ब्लगर सेकेन्ड ब्रदरले भुलवस उक्त भिडियोलाई सोशल मिडियामा पोष्ट गरिदिएका हुन् । जुन विषयले अहिले हंगामा मच्चाइरहेको छ भने कतिपयले यसलाई लज्जास्पद दुर्घटना समेत भनेका छन् ।

रातको १० वजेका लागि भिडियो रिलिज गर्न भनिएकोमा ती भ्लगरले विहान १० बजेनै भिडियो पोष्ट गरिदिए । भिडियोमा वाईयू–७ को बाहिरी डिजाइन, भित्री सुविधाहरू र हेड–अप डिस्प्ले जस्ता प्रमुख फिचरलाई हाइलाइट गरिएको थियो । ब्लगरले अनधिकृत रिलिजका लागि ५० लाख युआन जरिवाना तिनुपर्ने अनुमान गरिएको छ ।

पोष्ट भएको केही समयपछि नै उक्त भिडियोलाई हटाइएको भएपनि त्यसलाई अन्य कन्टेन्ट क्रियटरहरुले पहिले नै विभिन्न भिडियो प्लेटफर्महरूमा सेयर गरिसकेका थिए । जसले गर्दा गाडी औपचारिक लन्च हुनु अगावै यसबारे धेरैले जानकारी पाएका छन् ।

साओमी वाईयू७ टेस्ला मोडेल वाईसंग प्रतिस्पर्धा गर्नेगरी बजारमा आउन लगेको एक प्रिमियम ईभी हो । यो गाडी स्ट्यान्डर्ड, प्रो र म्याक्स गरी कुल तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

विश्वभर प्रिमियम र इलेक्ट्रिक सवारी साधनहरूमा आधुनिक डिजाइनको प्रतीकका...

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...

इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै यामाहा

इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै यामाहा

यामाहाले यसअघि विभिन्न अन्तराष्ट्रिय इभेन्टमा देखाएको आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...