धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढी - हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । साथै कम्पनीका प्रतिनिधिहरुले सो अवसरमा हुन्डाई ग्राहकसँग अन्तरक्रिया तथा छलफल पनि गरेका छन् ।

नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने कम्पनीले विश्वास लिएको छ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको तर ढुक्कसँग हुन्डाई खरिद गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाई नेपालले देशमै क्रेटा आइसी, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइस दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।

लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन चार्जिङको नेटवर्क विस्तार गरिरहेको बताइएको छ । जस अन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रिल्याक्स डिसी एसी ६६ चार्जर सुचारु भइसकेको बताइएको छ । यसले गर्दा ग्राहकलाई हुन्डाईको पेट्रोल (आइस) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर ह्विल्स प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो । जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गत दिनेश फोर ह्विल्स प्रालि धनगढीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ । कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

अटो एक्स्पो २०२३ मा सिट्रोनको इलेक्ट्रिक कार लन्च हुने

अटो एक्स्पो २०२३ मा सिट्रोनको इलेक्ट्रिक कार लन्च हुने

अटो एक्स्पो २०२३ मा सिट्रोनको ईसी३ इलेक्ट्रिक कार लन्च हुने भएको छ । सो कार...

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले...

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...