ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने


काठमाडौँ – ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ ।

ओमोडा एन्ड जेइको ब्रान्डका गाडीहरूमा जुनसुकै ब्रान्डको पुरानो गाडी एक्सचेन्ज गर्दा १ वर्षको लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । यो योजना असार ११ गतेदेखि लागू भएकाे छ ।

देशभर सञ्चालन हुने यो मनसुन अपग्रेड अफरले नयाँ इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकहरूलाई वित्तीय सहजता थप्नुका साथै विविध फाइदाहरू प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् ।

योजना अवधिभर गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकहरूले, ७ किलोवाट क्षमताको एसी चार्जर, १ वर्षको नि:शुल्क अटो प्लस इन्स्योरेन्स र मोटर तथा ब्याट्रीमा ८ वर्षको एक्सटेन्डेड वारेन्टी प्राप्त गर्दै निर्धक्क स्वामित्व अनुभवको लाभ लिन सक्नेछन् ।

पुराना गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने नयाँ ईभी खरिद गर्दा १ वर्ष सम्म शून्य ब्याजदरसहित ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ । साथै, गाडी खरिद गर्दा ग्राहकहरूले सोझै नगद लाभ पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरूले आफ्नो हालको गाडी एक्सचेन्ज गर्दै, आफ्नो चाहना र आवश्यकता अनुसार सुहाउँदो ओमोडा एन्ड जेइकोको अत्याधुनिक इलेक्ट्रिक गाडीका मोडलहरू: ओमोडा ई-फाइभ एलयुएक्स, ओमोडा ई-फाइभ डिएलएक्स र जेइको जे-सिक्स मध्ये एकमा अपग्रेड गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...