इन्डोनेसियामा जीएसीको ‘लाइटहाउस फ्याक्ट्री’ सञ्चालनमा, ईभीमा नेपालकै लेभलको प्रतिस्पर्धा

ईभी निर्माता कम्पनी जीएसीले इन्डोनेसियाको जकार्तामा औपचारिक रुपमा नयाँ स्मार्ट फ्याक्ट्री संचालनमा ल्याएको छ । जीएसी इन्टरनेसनल र जीएसी एवोनका अन्तर्राष्ट्रिय प्रतिनिधि तथा इन्डोनेसियाको आधिकारिक वितरक इन्डोमोबिल ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा सो भव्य लन्च समारोह सम्पन्न भएको थियो ।

जीएसीले एसियन रिजनका लागि ल्याएको ‘वान जीएसी २.०’ रणनीति अन्तर्गतको सो स्मार्ट फ्याक्ट्रीलाई ‘लाइटहाउस फ्याक्ट्री’ भनिएको छ । सो इभेन्टको अवसरमा कम्पनीले इन्डोनेसियाका लागि ल्याएको एक्सन प्लान ‘इग्नाइट द लाइटहाउस, ड्राइभिङ द फ्युचर’ समेत सार्वजनिक गरेको थियो ।

एसियन रिजका लागि केन्द्रित गरेर संचालनमा आउने सो फ्याक्ट्रीबाट कम्पनीले न्यु इनर्जी भेइकल अर्थात एनईभीको उत्पादन गर्नेछ । यहाँबाट गाडी निर्यात समेत गरिने छ ।

जीएसीले हाल इन्डोनेसिया र मलेसिया लगायतका देशमा एवोन वाई प्लस र एवोन ईएस ईभीको बिक्री गरिरहेको छ । त्यसैगरी एवोन भी केही समय पहिले सम्पन्न मलेसिया अटो शो २०२५ मा प्रदर्शन गरिएको थियो । यो वर्षको थर्ड क्वाटरमा सो ईभी लन्च गर्ने योजना छ ।

नेपालमा समेत जीएसीका विभिन्न मोडल उपलब्ध छन् । जीएसी एवोन भी नेपाली बजारमा पहिले देखि नै उपलब्ध मोडल हो । नेपाली बजारमा सीजी मोटर्सले एवोन भी र एवोन वाई बिक्री–वितरण गरिरहेको छ ।

एसियन राष्ट्रमा जीएसी ब्रान्डका यी सवारी साधनको प्रतिस्पर्धा प्रोटोन ईमास ७ र बीवाईडी एट्टो ३ सँग हुने बताइएको छ । नेपालमा पनि यी तीनै ब्रान्डको बलियो उपस्थिति छ ।

सम्बन्धित समाचारहरू

चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास

चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास

चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको...

एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर

एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर

एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...