बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–सरकारले नेपालमा आयात हुने सवारीसाधनका लागि प्रदूषण मापदण्ड स्तरोन्नति गर्दै युरो-६ लागु गरेको छ ।
सरकारले सवारी साधनबाट हुने प्रदुषणबाट र त्यसबाट हुने असर न्यूनीकरणका लागि भन्दै नेपाल सवारी सञ्चालन प्रदुषण मापदण्ड–२०८२ जारी गरेको हो ।
जसअनुसार, दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो-५ र चारपांग्रे सवारीसाधनको हकमा युरो-६ मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी मापदण्ड लागु गरिएको छ ।
ट्रयाक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एस्काभेटरजस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीसाधनमा भने उक्त मापदण्ड लागु नहुने नयाँ मापदण्डमा उल्लेख छ ।
नेपालमा एसेम्बल वा पैठारी गरिने सवारीसाधन तथा पार्टपुर्जामा समेत नयाँ मापदण्ड लागु हुनेछ ।
२०६९ मा युरो-३ सहरको मापदण्ड कार्यान्यन गर्दा दुई वर्षमा युरो–४ कार्यान्वयन गर्ने भनिएको थियो तर १३ वर्षपछि सरकार बल्ल युरो-६ मा गएको हो ।
यस सम्बन्धी विस्तृत जानकारी यो लिंकमा हेर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...