टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

काठमाडौं–बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आयोजना हुने भएको छ । असार १४ गते बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र माेटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा र्याली हुन लागेको हो ।

सो मोटर र्याली तथा अटो–जिखानामा कुल ३२ गाडी सहित ७७ जना खेलाडी (ड्राईभर्स) कोे सहभागिता रहनेछ । जहाँ १८ जना दक्ष मार्शल परिचालित हुनेछन् ।
बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग रहने सो र्याली ग्वार्कोस्थित रोयल टुलिप होटलबाट शुरु भई लुभु, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुँदै बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगी सम्पन हुने बताइएको छ ।

टीडीएस सिस्टममा हुने सो र्यालीपश्चात् सोही ड्राइभिङ स्कुलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिने छ, जसका लागि आकर्षक अस्थायी सर्किट निर्माण गरिने छ । प्रतिस्पर्धामा आधारित साे प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर पाउनेछन् ।

साथै उनीहरु एसियन अटो जिमखानाको लागी चयन समेत हुनेछन् । प्रतियोगितामा ५ जना भन्दा बढि महिला ड्राइभर सहभागी भएमा वेस्ट फिमेल ड्राइभर्स अवार्ड समेत प्रदान गरिनेछ ।

उपत्यकाकै आकर्षक र्याली रुटमा आयोजना हुने तथा नेपालकै आकर्षक र भब्य ड्राइभिङ सेन्टरमा पहिलोपटक हुन गैरहेको प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क वापत ५ हजार रुपैयाँ भुक्तानी गनुपर्ने आयोजक संस्थाले जनाएको छ । यसैगरी, एउटामात्रै इभेन्टका लागि भने ३ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...

मोटर स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

मोटर स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट्स गेम्सका लागि...

सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता

सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...