परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
काठमाडौं–रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले हास्यब्यङ्ग्य कलाकार एबं सामाजिक व्यक्तित्व तथा उत्प्रेरक सन्दीप क्षेत्रीलार्ई ‘फेस अफ रोयलइनफिल्ड’ नियुक्त गरेको छ ।
सन्दीप क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक सशक्त व्यक्तित्व हुन् । उनको जीवनशैली, दृष्टिकोण र कार्यशैलीले स्वतन्त्रता, साहसिकता तथा आत्मविश्वास जस्ता गुणहरू अभिव्यक्त गर्छन ।
उनको सादगीपूर्ण व्यक्तित्व, व्यापक लोकप्रियता तथा मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई यस महत्वपूर्ण भूमिकाको लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ ।
रोयल इनफिल्ड नेपालले यस सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरेको बताएको छ, जसले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास लिएको छ ।
यस प्रयासबाट रोयल इनफिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिने विश्वास लिइएको छ । साथै यस सहकार्यबाट समाजका हरेक वर्ग र समूदायसम्म पुग्न तथा युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गास्न सकिने कम्पनीको अपेक्षा छ ।
मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुने कम्पनीले जनाएको छ ।
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...