अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै

ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान गरिएको छ । धेरैले ब्याट्रीको आयु छोटो हुने र यो केही वर्षभन्दा बढी टिक्न नसक्म्ने दाबी समेत गर्दै आएका छन् । यी अनुमान र दाबीका वावजुत ब्याट्री हेल्थका बारेमा गरिएको एक नयाँ सर्वेक्षणले केही रोचक निष्कर्षहरू बाहिर ल्याएको छ ।

सवारी साधन टेलिमेटिक्स प्रदान गर्ने बेलायती कम्पनी जियोट्याबका अनुसार, धेरैजसो ईभी ब्याट्री २० वर्षसम्म टिक्न सक्छन् । जुन, अमेरिकामा औसत कार उमेर भन्दा ६ वर्ष बढी हो । ब्याट्रीको आयु प्रत्येक वर्ष १.८ प्रतिशतका दरले कम हुने हुँदा रेन्ज समेत हरेक वर्ष १.८ प्रतिशत नै कम हुने उक्त अध्ययनले देखाएको छ ।

प्रत्येक वर्ष १.८ प्रतिशतका दरले माइलेज कम हुँदा पनि २० वर्ष पछि समेत कुल रेन्जको ६४ प्रतिशत हाँसिल गर्न सकिने अध्यनको दाबी छ । यस अध्यनका लागी जियोट्याबले १० हजारभन्दा बढि ईभीलाई समेटेको थियो । यसैगरी, हाई भोल्टेज ईभी ब्याट्रीहरू फेल हुने सम्भावना जम्मा ०.५ प्रतिशत भन्दा कम रहेको समेत बताइएको छ ।

ब्याट्रीको क्षयीकरणमा स्थान विशेषले भुमिका खेल्ने जनाइएको छ । अध्यनका अनुसार, तातो हावापानीले ब्याट्रीको क्षयीकरण तिव्र दरमा हुने भएपनि पछिल्लो समय ब्याट्रीको तापमानलाई नियन्त्रणमा राख्न कुलिङ र हिटिङ सिस्टमहरु निकै प्रभावकारी वनिरहेका छन् । चार्ज गर्दा ईभीलाई छायामा राख्नु राम्रो हुने उक्त अध्यानले सुझाएको छ ।

ब्याट्रीको आयु बढाउनका लागि निकल–म्यांगनीज–कोबाल्ट (एनएमसी) र निकल–कोबाल्ट–म्यांगनीज (एनसिएम) ब्याट्रीहरूमा एसओसीलाई २० र ८० प्रतिशतको बीचमा राख्न सिफारिस गरिएको छ । यो सीमा सामान्यतया लिथियम–आइरन–फस्फेट(एलएफपी) ब्याट्रीहरूमा लागू नहुने भएपनि यस्ता ब्याट्रीलाई निरन्तर टप अफ गर्दा भने आयु घट्ने सुझाव दिइएको छ ।

सम्बन्धित समाचारहरू

सीएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री

सीएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री

काठमाडौं–ब्याट्री उत्पादनमा ख्याती कमाएको चिनियाँ कम्पनी सीएटीएलले...

लिथियम–आयन ब्याट्री महंगो बन्दै, यस्तो छ कारण

लिथियम–आयन ब्याट्री महंगो बन्दै, यस्तो छ कारण

काठमाडौं–लिथियम–आयन ब्याट्रीको मूल्य बढ्ने भएको छ । लिथियम–आयन...

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...