आकर्षक लुक र प्रिमियम सुविधासहित नयाँ स्पोर्टी अवतारमा आउँदै होन्डा सिटी

होन्डा कार्स इन्डियाले भारतीय बजारमा होन्डा सिटीको नयाँ संस्करण लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसको टिजर पनि जारी गरिसकेको छ, जसमा "आफ्नो सिट बेल्ट कस्नुहोस् र स्पोर्टी जीवनको लागि तयार हुनुहोस्। सम्पर्कमा रहनुहोस्!" भन्ने सन्देश उल्लेख गरिएको छ। यद्यपि, कम्पनीले अन्य कुनै विस्तृत जानकारी भने खुलाएको छैन।

नयाँ होन्डा सिटी स्पोर्टी एडिसनलाई टप-स्पेक जेडएक्स ट्रिम लेभलमा राखिने सम्भावना छ। यस विशेष संस्करणमा मुख्यतया कस्मेटिक अपग्रेड समावेश गरिनेछ । यसको बाहिरी भागमा केही स्पोर्टी एलिमेन्ट कालो ट्रिम, कालो ओआरभीएम र कालो लिप स्पोइलर समावेश गरिनेछ ।

स्पोर्टी एडिसनको भित्री भागमा पनि स्पोर्टी अनुभव प्रदान गर्न विशेष ध्यान दिइएको छ। यसको ड्यासबोर्ड, सिट अपहोल्स्ट्री, सेन्टर कन्सोल, र अन्य भित्री एलिमेन्टमा स्पोर्टी रातो रङका एक्ससेन्ट पाइन सक्ने अपेक्षा गरिएको छ। स्टेयरिङ ह्विल, गियर सेलेक्टर र सिट अपहोल्स्ट्रीमा पनि रातो स्टिचिङ देख्न सकिन्छ ।

नयाँ होन्डा सिटी स्पोर्टी एडिसनमा १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड ४-सिलिन्डर पेट्रोल इन्जिन दिइनेछ, जसले १२० पीएसको अधिकतम पावर र १४५ एनएमको अधिकतम टर्क उत्पन्न गर्नेछ। यसको इन्जिनलाई ५ स्पिड म्यानुअल वा सीभीटी गियरबक्ससँग जोडिनेछ। भारतीय बजारमा सो गाडीले फक्सवागन भर्टस, स्कोडा स्लाभिया र हुन्डाई भरना जस्ता सी-प्लस सेगमेन्ट सेडानसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा

सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा

सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...

विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण

विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण

पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...