तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

काठमाडौं - बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाउनेलाई छुट दिने भएको छ ।

आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका धनीले पछिल्लो तीन आर्थिक वर्षको कर र दस्तुर बुझाए छुटको व्यवस्था गरिएको छ । यसमा त्यसअघिका वर्षहरूको यस्तो कर तथा जरिवाना छुट हुने बजेटमा उल्लेख छ ।

यो छुट पाउन आर्थिक वर्ष ०८०/८१, ०८१/८२ र ०८२/८३ को सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवाना ०८३ जेठ मसान्तसम्म बुझाउनुपर्छ ।

“आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुनानुसार सवारीसाधन कर नबुझाएका र सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो तीन आर्थिक वर्षको सवारीसाधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट गरिनेछ,” वाग्मती सरकारले सार्वजनिक गरेको नयाँ बजेटको बुँदा नम्बर–२१४ मा उल्लेख छ ।

यसबाट लामो समय सम्म पनि सवारी साधनको कर तथा दस्तुर नबुझाएका सवारी धनीहरु लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचारहरू

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...

५ लाख स्मार्ट कार्ड प्रिन्ट र २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन

५ लाख स्मार्ट कार्ड प्रिन्ट र २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन

काठमाडौँ । सरकारले ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड)...

कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय बाराले अब कलैयाबाट सवारी अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...