ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना

इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि चर्किएको छ। विज्ञान र अनुसन्धानले ईभी गाडी समग्रमा कम प्रदूषक हुने देखाए तापनि टोयोटाका अध्यक्ष टोयोडाले दिएको एउटा अभिव्यक्तिले यस विषयमा फेरि नयाँ बहस सिर्जना भएको छ ।

टोयोटाले बेचेका २ करोड ७० लाख हाइब्रिड सवारी साधनले ९० लाख ईभीले घटाउने जत्ति नै कार्बन उत्सर्जन घटाएको टोयोडाले दाबी गरेका छन्। जापानजस्ता कोइला र ग्यासबाट धेरै बिजुली उत्पादन हुने देशमा ईभीको निर्माण र चार्जिङले हाइब्रिडभन्दा बढी प्रदूषण गराउने उनको तर्क छ। यसबाट टोयोटा पेट्रोल इन्जिन, हाइब्रिड, हाइड्रोजन र ईभीलगायत सबै विकल्पमा एकसाथ काम गर्नुपर्छ भन्ने सोचमा रहेको प्रस्ट हुन्छ।

ईभी निर्माणमा लिथियम, कोबाल्ट, निकल जस्ता खनिजको प्रयोग हुन्छ, जसले निर्माणको चरणमा उच्च प्रदूषण निम्त्याउँछ, यसलाई "कार्बन ऋण" भनिन्छ।  तर, धेरै अध्ययनले देखाएको छ कि ईभीले सञ्चालनको क्रममा त्यो प्रारम्भिक प्रदूषणलाई २–३ वर्षमा नै बराबरी गर्छ। यदि ईभी नवीकरणीय ऊर्जा स्रोतबाट चार्ज गरिए, तिनको जीवनकालमा वातावरणमा पर्ने असर हाइब्रिड वा पेट्रोल कारभन्दा निकै कम हुन्छ।

टोयोडाको भनाइ कोइला निर्भर देशमा लागू हुन सक्छ। तर आज विश्वमा, विशेषगरी भारतजस्ता देशहरूमा सौर्य र वायु ऊर्जामा ठूलो लगानी भइरहेको छ। यसले गर्दा ईभीको प्रभाव थप सकारात्मक हुँदै गएको छ। साथै, नयाँ प्रविधिको ब्याट्रीहरू जस्तै लिथियम आइरन फस्फेटले कम खनिजको प्रयोग गरेर कम प्रदूषण फैलाउने सम्भावना पनि देखाएको छ।

हाल चार्जिङ पूर्वाधार अझै विकसित नहुँदा, हाइब्रिड र प्लग-इन हाइब्रिड सवारी व्यवहारिक विकल्प बनेको छ । प्लग-इन हाइब्रिडहरू छोटो दूरीमा शुद्ध इलेक्ट्रिक जस्तै सञ्चालन हुन सक्छ र प्रदूषण घटाउँछ । तर साधारण हाइब्रिड गाडी पेट्रोलमै भर पर्छ, त्यसैले ती अन्तिम समाधान होइन, बरु संक्रमणकालीन विकल्प हुन्।

टोयोडाको दृष्टिकोण जापानको सन्दर्भमा उपयुक्त लागे पनि, विश्वका धेरै देशमा ईभी नै दिगो र सफा भविष्यतर्फको बाटो बनेको छ । ईभीको मूल्य घट्दै गएको, ब्याट्री प्रविधिमा सुधार आएको र नवीकरणीय ऊर्जाको पहुँच बढ्दै गएको वर्तमान परिवेशमा, इलेक्ट्रिक सवारीतर्फ दृढ रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता भएकाे धेरैकाे भनाइ छ ।

सम्बन्धित समाचारहरू

सेरेसको शोरुम खुल्यो पोखराको नागढुंगामा, ग्राहकलाई गाडी हस्तान्तरण

सेरेसको शोरुम खुल्यो पोखराको नागढुंगामा, ग्राहकलाई गाडी हस्तान्तरण

पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने...

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...

थाइल्यान्डमा  लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

थाइल्यान्डमा लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

बीवाईडीले थाइल्याण्डमा आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार एट्टो १ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...