गर्मीमा कारलाई अत्यधिक तातो हुनबाट बचाउन ध्यान दिनुहोस् यी ५ महत्त्वपूर्ण कुरा

चर्को गर्मीले कारको इन्जिनलाई क्षति पुर्‍याउन सक्छ। त्यसैले कारमा हुने कुलिङ सिस्टमले एकदमै महत्त्वपूर्ण भूमिका निभाउँछ, जसले इन्जिलाई अत्यधिक तापबाट जोगाउँछ । तर, यदि यस प्रणालीका केही मुख्य भागमा समस्या आयो भने कार क्षतिग्रस्त हुन सक्छ वा सडकमा नै रोकिन पनि सक्छ।

थर्मोस्टेट : यो यन्त्रले कुलेन्टको प्रवाह नियन्त्रण गर्छ, जसले इन्जिनको तापक्रम स्थिर राख्न मद्दत गर्छ। यदि थर्मोस्टेट बिग्रियो भने, कुलेन्ट प्रवाह बग्न पाउँदैन र इन्जिन चाँडै तात्न थाल्छ। तापक्रम गेजमा अनियमित रिडिङ देखिएमा तुरुन्तै प्राविधिक निरीक्षण आवश्यक हुन्छ।

पानी पम्प : यसले इन्जिन र रेडिएटरबीच कुलेटलाई निरन्तर घुमाइरहन्छ। यदि वाटर पम्पमा चुहावट, आवाज वा खराबी देखिएमा, यो इन्जिन तातिनको प्रमुख कारण बन्न सक्छ।

कुलेन्ट चुहावट : यदि कुलेन्टको मात्रा कम भयो वा प्रणालीमा चुहावट भयो भने ताप व्यवस्थापन प्रणाली कमजोर हुन्छ। ग्यास्केट, नली र रेडिएटरजस्ता भागमा चुहावटको नियमित परीक्षण गर्नुपर्छ।

रेडिएटर फ्यान : गर्मी कम गर्न रेडिएटर फ्यानले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि यो फ्यान काम गरिरहेको छैन भने, इन्जिन छिट्टै तात्न सक्छ। फ्यानको आवाज नआएमा वा काम नगरेको देखिएमा तुरुन्त मर्मत गर्नु उपयुक्त हुन्छ।

रेडिएटर अवरोध : फोहोर, खिया वा धुलोका कारण रेडिएटर बन्द हुने सम्भावना हुन्छ। यस्तो अवरोधले हावाको प्रवाहलाई रोक्छ र कुलेन्ट प्रक्रियामा बाधा पुर्‍याउँछ। रेडिएटर सफा गर्नु अत्यावश्यक छ, विशेषगरी गर्मी महिनामा।

चर्को तापक्रमको मौसममा, कारको नियमित मर्मत–सम्भारले इन्जिनलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं...

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन...

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

युरोपेली संघले स्क्र्याप गरिएका सवारीसाधनको लागि नयाँ नियम मस्यौदा गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...