भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
बजाज अटोले सन् २०२६ को मार्चसम्ममा भारतीय बजारमा नयाँ १२५ सीसी मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो १२५ सीसी मोटरसाइकल पोर्टफोलियोलाई विस्तार गर्दै यस सेग्मेन्टमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
हाल बजाजको कुल बिक्रीमा ४० प्रतिशतभन्दा बढी हिस्सा १२५ सीसी मोटरसाइकल सेग्मेन्टले ओगटेको छ। त्यसैले, सो नयाँ मोडलले यस श्रेणीमा ब्रान्डको पहिचान र पकडलाई अझ मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। यसका साथै, १५० सीसी र १६० सीसी प्लस सेग्मेन्टको कुल बिक्रीमा लगभग २२ प्रतिशत योगदान रहेको छ।
बजाजको पोर्टफोलियोमा हाल १२५ सीसी बाइकमा पल्सर १२५, पल्सर एनएस१२५, पल्सर एन१२५ र सीएनजीबाट चल्ने फ्रीडम १२५ समावेश छ । अर्कोतर्फ, १५० सीसी र १६० सीसी सेग्मेन्टमा पल्सर १५०, एनएस१६०, एन१५० र एन१६० का साथै पल्सर एनएस२०० र आरएस२०० जस्ता बाइक पनि छ ।
कम्पनीले नयाँ मोडलको बारेमा विस्तृत जानकारी दिएको छैन । तर बजारमा सो मोटरसाइकल पल्सरको नाममा आउने अपेक्षा गरिएको छ। मिडिया रिपोर्टका अनुसार नयाँ मोडल सीटी१२५एक्सको ठूलो अपडेटेड संस्करण हुन सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...