वीरगन्जमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, एक लिटर पेट्रोलमा ९२ किमीसहित पटेल विजयी

वीरगन्ज - वीरगन्जको बौहरवा भाटीमा ‘बजाज प्लाटिना माइलेज च्याम्पियन २०२५’ सम्पन्न भएको छ ।

रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको हो उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरे । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, यस कार्यक्रमले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहक सँगको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

सम्बन्धित समाचारहरू

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...

विर्तामोडमा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, थपियाे समय

विर्तामोडमा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, थपियाे समय

बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...