ट्यांक ३०० र ट्यांक ५०० को आधिकारिक बुकिङ नेपालमा प्रारम्भ, यस्तो छ मूल्य
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी...
एमजीले नयाँ पिकअप बजारमा ल्याउने र यसको नाम एमजी यु९ हुनेछ । सो पिकअपले हालै अष्ट्रेलियन डिजाइन रुल सर्टिफिकेट पाएको छ । यससँगै पहिलो पटक अष्ट्रेलियन मिडियाहरुले केही महत्वपूर्ण फिचर समेत सार्वजनिक गरेका छन् ।
एमजीको सो नयाँ पिकअप पहिलो पटक यही वर्षको चौथो क्वाटरतिर अष्ट्रेलियाबाटै सार्वजनिक हुनेछ । एमजी यु९ दुई भेरिएन्टमा उपलब्ध हुनेछ र यो २.५ लिटर फोर–सिलिन्डर टर्बो–डिजेल इन्जिनयुक्त हुनेछ । यसले १६० किलोवाट पावर जेनेरेट गर्नेछ भने यसलाई ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । यो अल–ह्विल ड्राइभमा उपलब्ध हुनेछ । यसको टर्क फिगर सार्वजनिक भएको छैन, यद्यपि केही मिडियाहरुले ५२० एनएम हुने जानकारी दिएका छन् ।
एमजी यु९ मा मसाज गर्ने ड्राइभर सिट, लचिलो सिट प्रणाली, उच्च गुणस्तरको जेबिएल साउन्ड सिस्टम र क्याबदेखि टबसम्म सजिलै हिड्न मिल्ने ‘वाकथ्रु’ सुविधा जस्ता आधुनिक फिचरहरू रहेका छन्। यी सुविधाले यसलाई केवल एउटा पिकअप नभई प्रिमियम जीवनशैलीसँग जोडिएको सवारी साधन बनाएको छ।
एमजी यु ९ अष्ट्रेलियाली बजारमा प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ। प्रारम्भिक मूल्य अनुमान अनुसार यसको सुरुवाती मूल्य करिब ४५ हजार अष्ट्रेलियन डलर हाराहारीमा रहनेछ। उच्च स्तरका टप–भेरिएन्टहरू भने ६० हजार अष्ट्रेलियन डलरभन्दा कममा उपलब्ध हुने अनुमान गरिएको छ।
एमजीको सो नयाँ पिकअपले हाल विश्व बजारमा लोकप्रिय फोर्ड रेन्जर र टोयोटा हाइलक्स जस्ता पिकअपसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यस अनुसार एमजी पनि पिकअप बजारमा प्रतिस्पर्धाका साथ कडा रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ ।
एमजी ब्रान्ड नेपालमा पनि उपलब्ध छ । एमजीको नेपालका लागि आधिकारिक वितरकको रुपमा पारामाउन्ट मोटर्सले हाल विभिन्न लोकप्रिय मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको छ । यस अनुसार भविष्यमा एमजीको पिकअप नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी...
काठमाडौं – नेपाली बजारमा एमजी विन्डसर ईभीको बिक्री प्रारम्भ हुने भएको छ ।...
काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...