नेपालमा अब इनड्राइभको आधिकारिक कार्यालय सञ्चालन

काठमाडौं - राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ललितपुरमा आफ्नो आधिकारिक कार्यालयको भव्य उद्घाटन गरेको छ। शुक्रबार आयोजित विशेष समारोहमा कम्पनीले नेपाली चालक समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्दै ग्राहक सन्तुष्टिमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।

यो नयाँ कार्यालय इनड्राइभको नेपालमा विस्तारको महत्वपूर्ण कदम हो। यसले चालकहरूलाई प्रत्यक्ष सहयोग, प्रशिक्षण, र समुदाय केन्द्रित पहलहरू मार्फत सशक्त बनाउने लक्ष्य राखेको छ। साथै, काठमाडौं उपत्यकामा गुणस्तरीय, भरपर्दो, र पारदर्शी राइड सेयरिङ सेवा सुनिश्चित गर्न यो कार्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ।

इनड्राइभले यो कार्यालयमार्फत चालकहरूलाई नियमित प्रशिक्षण, व्यक्तिगत सहयोग, र सेवा सम्बन्धी समस्याहरूको तत्काल समाधान प्रदान गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार, यो कार्यालयले चालकहरूलाई सशक्त बनाउन, स्थानीय बजार अनुरूप सेवा अनुकूलन गर्न, र सामुदायिक साझेदारीलाई प्रोत्साहन गर्न केन्द्रित हुनेछ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राइड सेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२ को विवादलाई उल्लेख गर्दै भने, ‘‘राइड सेयरिङ एपले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सहज बनाएको छ । सर्वसाधारणले सस्तो, भरपर्दाे र विस्वासिलो यातायातको साधन रोज्न पाउनुपर्छ । राइड सेयरिङलाई हटाउनु भन्दा व्यबस्थित गर्न आवस्यक रहेको बताए ।’’

इनड्राइभ ड्राइभर अपरेसन्स एप्याक रिजनका प्रमुख निकलाई ओलिसभले काठमाडौं उपत्यकाका लागि इनड्राइभको औपचारिक कार्यालय सुरु गरेकोमा खुसी व्यक्त गर्दै भने, ‘‘यो कार्यालय केवल कार्यस्थान मात्र नभई, चालकहरूलाई सफल बनाउन र इनड्राइभसँग जोडिएको महसुस गराउने समर्थन केन्द्र हो ।’’

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले उत्साह व्यक्त गर्दै भनिन्, “नेपाल हाम्रो लागि महत्वपूर्ण बजार हो। यो कार्यालय चालकहरूसँगको हाम्रो बलियो साझेदारीको प्रतीक हो। हामी चालक-केन्द्रित प्लेटफर्म निर्माणमा प्रतिबद्ध छौं, जसले उनीहरूलाई प्रेरणा, सीप, र समुदायसँग जोडिन अवसर प्रदान गर्छ।”

सम्बन्धित समाचारहरू

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तोकेको सवारी साधन कर पहिले...

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने

काठमाडौं – सवारी दुर्घटना न्युनीकरण गर्न आफूहरु दिनरात खटिएको महानगरीय...

पोखराका ट्याक्सी मिटरमा नचलाए कारबाही गरिने, यस्ताे छ भाडादर

पोखराका ट्याक्सी मिटरमा नचलाए कारबाही गरिने, यस्ताे छ भाडादर

काठमाडाैँ -कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...