बजाज चेतकको नयाँ भेरिएन्ट आउँदै, मूल्य सस्तो हुने

najaj chetak

बजाज अटोले चेतकको सस्तो भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ । बाजजले हाल उपलब्ध २९०३ मोडललाई अपग्रेड गरेर नयाँ र सस्तो इन्ट्रि लेभल भेरिएन्ट ल्याउन लागेको हो ।

मे २०२५ को अन्त्यमा ३५ सिरिजको तेस्रो भेरिएन्ट र जुनमा अपग्रेड गरिएको ईन्ट्रि लेभल २९०३ लाई लन्च गरेर चेतकको पोर्टफोलियोलाई थप बलियो बनाउन लागिएको बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माले बताए । सार्थै, कम्पनीले आर्थिक वर्ष २०२६ मा थप नयाँ मोडल समेत लन्च गर्ने घोषणा गरेको छ ।

सस्तो भेरिएन्टको बारेमा कम्पनीले विस्तृत विवरण सार्बजनिक नगरेपनि यो चेतक ३५ जस्तै नयाँ चेसिसमा आधारित हुन सक्ने जनाइएको छ । पुनः डिजाइन गरिएको फ्रेमका कारण यस स्कुटरको अन्डर स्टोरेज क्षमता थप फराकिलो हुने अनुमान गरिएको छ ।

चेतक २९०३ मोडलमो बजाजले २.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरेको छ । जसले एक पटकको सिंगल चार्जमा १२३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

चेतक नेपाली बाजरमा समेत बिक्री हुन लागेको इलेक्ट्रिक स्कुटर हो । यस स्कुटरको हाल रोड टेष्ट चलिरहेको र छिट्टै औपचारिक लन्च हुने आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट...

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसरज हुलासचन्द...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...