एथर रिज्टाको बिक्री १ लाख युनिट नाघ्यो, नेपालमा प्रतीक्षा गरिँदै

एथरको सबैभन्दा सस्तो स्कुटर रिज्टा १ वर्षमा १ लाख युनिट बिक्री भएको छ । गत वर्षको अप्रिलमा लन्च भएको रिज्टाको होलसेल बिक्री मे २०२५ सम्म आईपुग्दा १ लाख युनिट पुगेको कम्पनीले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार, एथर इनर्जीले जुलाई २०२४ देखि अप्रिल २०२५ सम्ममा ९९ हजार ६९१ युनिट रिज्टा बिक्री गरेको थियो । बाँकी ३०९ युनिट पठाइएपछि मे २०२५ मा यो माइलस्टोन हासिल गरिएको हो ।

एथर रिज्टा गत वर्षको अप्रिलमा लन्च गरिएको थियो । आर्थिक वर्ष २०२५ को अन्तिम ९ महिनामा ईभी निर्माताले यसको ८९ हजार ६३९ युनिट बिक्री गर्दै एथरको कुल बिक्रिमा ५८ प्रतिशत योगदान दिएको थियो । यो ४५०एक्स, ४५०एस र ४५० एपेक्स पछि एथरको लाइनअपमा सबैभन्दा धेरै बिक्री हुने मोडेल समेत हो ।

रिज्टा ४५० ले भारतमा एक उपयुक्त पारिवारिक बिद्युतिय स्कुटरको पहिचान कायम गरेको छ । स्कूटरमा फ्ल्याट सिट र ३४ लिटर अन्डर सिट स्टोरेज क्षमता छ । रिज्टामा एथरले २.९ र ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध गराएको छ । जसले क्रमशः १०५ र १२७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

रिज्टा नेपाली बजारमा समेत प्रतीक्षा गरिँदै आएको विद्युतीय स्कुटर हो । एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले यस नयाँ स्कुटरको बिक्री छिट्टै थाल्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै...

यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर

यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर

एथर इनर्जीले नयाँ ईएल प्लेटफर्म, एथरस्टेक ७.० सफ्टवेयर, नेक्स्ट जेन फास्ट...

एथरको शोरुम अब बिर्तामोडमा पनि

एथरको शोरुम अब बिर्तामोडमा पनि

काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...