सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका भवन अगाडि हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

सिन्धुलीमा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन । साथै, ग्राहकहरुले आगामी आब २०८२/८३ को बार्षिक कर पनि मेलामा किन्ने मोटरसाईकलमा प्राप्त गर्न सक्नेछन् ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

कमलामाइ नगरपालिका अगाडि आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज सिन्धुलीका प्रोप्राइटर हरि रोकाहाले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

परीक्षणका क्रममा देखियो नयाँ बजाज पल्सर एन १२५, फेस्टिभ सिजनमा लन्च हुने सम्भावना

परीक्षणका क्रममा देखियो नयाँ बजाज पल्सर एन १२५, फेस्टिभ सिजनमा लन्च हुने सम्भावना

बजाज अटोले आफ्नो नयाँ कम्युटर बाइक पल्सर एन १२५ मा काम गरिरहेको छ । सो बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...