ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने मन्त्री दाहालकाे भनाइ

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।

सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ ।’

निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको र्‍याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्‍याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ । सातदोबाटोतर्फको र्‍याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

यस्तै, मन्त्री दाहालले प्राकृतिक विपद्को लागि मन्त्रालय पूर्ण रुपमा तयार रहेको पनि बताए । उनले भने, ‘प्रकृतिसँग सम्झौता गरेर अगाडि बढ्नुपर्छ । ठूलै वर्षा र बाढी आउने कुरा हाम्रो मुद्दा होइन तर हामी तयारमा छौं । त्यस्तो समस्या आयो भने तुरुन्तै सडकलाई खुला गर्नेगरि अगाडि बढ्ने र नरोकिने अवस्था सिर्जना गर्ने गरि काम गर्छौ‌‌ ।’

विपि राजमार्गको काम तोकेको समयभित्र पूरा गर्ने हिसाबमा अगाडि बढेको पनि उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा, नेपाल बाहिर समेत सेवा

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा, नेपाल बाहिर समेत सेवा

विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे...

सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

काठमाडौं – माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु...

ग्वार्को ओभरपास पछि अब कुन ओभरपास ? यस्तो छ विज्ञको सुझाव

ग्वार्को ओभरपास पछि अब कुन ओभरपास ? यस्तो छ विज्ञको सुझाव

ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन। खुशी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...