यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता
रूपन्देही – रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण सवारीसाधनसहित विभिन्न सम्पत्तिमा भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँको प्रारम्भिक दाबी परेको छ। तर, मोटर बीमातर्फ परेको दाबीको तुलनामा हालसम्म भएको भुक्तानी रकम भने निकै कम देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत १८ निर्जीवन बीमा कम्पनीमा कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ। यसमध्ये मोटर बीमातर्फ मात्रै १ हजार ६८ वटा दाबी परेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार मोटर बीमातर्फ कुल २ अर्ब ८५ करोड ३४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। यसमध्ये हालसम्म ६ करोड ७४ हजार रुपैयाँ भुक्तानी भएको छ। यो मोटर बीमातर्फ परेको कुल प्रारम्भिक दाबीको करिब २.१ प्रतिशत हो।
बाढीबाट सवारीसाधनमा भएको क्षतिबापत ठूलो रकमको दाबी परे पनि भुक्तानीको अवस्था हेर्दा अधिकांश दाबीको भुक्तानी प्रक्रिया अझै बाँकी रहेको देखिन्छ। यद्यपि, प्रारम्भिक दाबी र अन्तिम रूपमा स्वीकृत हुने बीमा रकम फरक हुन सक्ने भएकाले हालको तथ्यांकलाई अन्तिम भुक्तानीका रूपमा बुझ्न मिल्दैन।
प्राधिकरणको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। यस शीर्षकमा ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार रुपैयाँ र परिवहन बीमामा २ अर्ब ३४ करोड ५ लाख ९१ हजार रुपैयाँ बराबरको दाबी परेको छ।
त्यसैगरी, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।
समग्रमा २ हजार ४२७ वटा दाबीमध्ये बीमा कम्पनीहरूले हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। यो कुल प्रारम्भिक दाबी रकमको तुलनामा करिब १.१ प्रतिशत हो।
बाढीबाट सवारीसाधनमा भएको क्षतिको दाबी र भुक्तानीसम्बन्धी पछिल्लो तथ्यांकले मोटर बीमाको दाबी प्रक्रिया तथा भुक्तानीको अवस्थालाई थप चासोको विषय बनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...