नेपाली बजारमा सार्वजनिक हुँदै एवोन युटी ईभी, आईब्रो हेडलाइट र वाहिरी डिजाइन विशेष आकर्षण
नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दशै लगत्तै सार्वजनिक हुने भएको छ ।...
काठमाडौं— नेपाली बजारमा विद्युतीय सवारीसाधन प्रतिको चासो तीव्र गतिमा बढ्दै जाँदा विभिन्न ब्रान्डहरूले मुल्य र सेवामा प्रतिस्पर्धा गर्न थालेका छन् । यस्तै प्रतिस्पर्धात्मक फाइदा लिँदै जेरो इमिसन राइड एनले आफ्नो चर्चित मोडेल इ३ को मुल्य घटाएको छ । कम्पनीले ग्राहकको बढ्दो माग र पहुँच सहज बनाउने उद्देश्यले ९ हजार रुपैयाँ कटौती गरेको जानकारी दिएको छ ।
चीनको उत्पादक कम्पनीसँग भएको नयाँ सम्झौता वमोजिम स्कुटरको बिक्रि सँख्या टार्गेट पुरा गर्ने र बढी भन्दा बढी बिक्रि वितरण गर्ने शर्तको कारणले पनि खरिद मुल्यलाई समायोजन गर्न सकिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, गएको वर्ष मंसिरमा नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको सारथी इकुटरको इ३ मोडेलले लोकप्रियता हाँसिल गरिरहेको छ । अब कम्पनीले मुल्य घटाए संगै यो स्कुटर को माग अझै बढ्नेछ ।
सारथी इकुटरका बिक्री तथा मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, इ३ को बजार माग निकै उत्साहजनक छ । ‘ग्राहकहरूको रुचि, प्रतिक्रिया र पहुँचलाई ध्यानमा राख्दै हामीले मुल्य समायोजन गरेका छौं । यसअघि २ लाख २५ हजारमा उपलब्ध यो स्कुटर अब २ लाख १६ हजारमा पाइनेछ’ उनले भने ।
यस्तो छ स्कुटर
सारथी इकुटरको इ३ मा जडान गरिएको ७२ भोल्ट ३८ एम्पियर आवर क्षमताको ग्राफिन ब्याट्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ । साथै, यसमा ३,००० वाट पीक पावर क्षमताको मोटर रहेको छ, जसले सहर र गाउँका अप्ठेरा तथा चढाईयुक्त उकालो बाटोहरूमा समेत सहज यात्रा गर्न सकिनेछ ।
यस स्कुटरमा ‘री–जेनरेटिभ ब्रेकिङ सिस्टम’ को प्रयोग गरिएको छ, जसले ब्रेक लगाउँदा ऊर्जालाई पुनः चार्जमा प्रयोग गर्न मद्दत गर्छ । प्रोजेक्टर हेडल्याम्प, रिमोट कन्ट्रोलर सिस्टम, मोबाइल चार्जिङ पोर्ट, पार्किङ सेन्सर, तीनवटा ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, रिभर्स मोड जस्ता सुविधाहरू पनि यसमा उपलब्ध छ ।
इ३ को पछिल्लो संस्करणमा १५५ मिमीको अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन पहिलेको संस्करणभन्दा सुधारिएको हो । स्कुटरमा अगाडि र पछाडि दुवै १२ इञ्चका टायरहरू छन् भने डबल डिस्क ब्रेकले ब्रेकिङ क्षमतामा बलियो सुधार ल्याएको छ।
सारथी इकुटर ब्रान्ड नेपालमा जीरो इमिसन राइड एन कम्पनीमार्फत उपलब्ध छ, जुन सेवा केन्द्र र चार्जिङ पोइन्टको सञ्जालको हिसाबले देशकै अग्रणी ब्रान्ड मानिन्छ ।
नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दशै लगत्तै सार्वजनिक हुने भएको छ ।...
बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...
जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...