सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा

ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत ब्याट्री प्रणाली भएका सवारीसाधन ल्याइरहेको छ । विश्वको सबैभन्दा ठूलो ईभी बजार बन्न सफल चीनमा दर्जनौ कम्पनीले बिभिन्न ब्रान्डमा सवारीसाधन उत्पादन गरिरहेका छन् । यीमध्ये धेरैजसो ईभी ब्रान्डहरूले नाफा कमाउनुको सट्टा घाटाको सामना गरिरहेको रिपोर्टहरु बाहिर आएको छ ।

चीनमा उपलब्ध ५० भन्दा बढि ईभी ब्रान्डमा केवल तीनवटा ब्रान्डले मात्र नाफा कमाउन सफल भएको एक मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यी तीन ब्रान्डमा बीवाईडी, एलआई अटो र सेरेस समावेश छन् । अधिकांश ब्रान्डको घट्दो नाफाका बावजुद कतिपय कम्पनीले वित्तिय सुरक्षाको बारेमा चिन्ता नगरी उत्पादन बढाउने र उदार छुटहरु प्रदान गरिरहेका छन् ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित जेपी मोर्गनको अध्ययन अनुसार, गत अप्रिलमा ईभी उद्योगहरुले औषत छुट १६.८५ प्रतिशत दिएका छन् । जुन अघिल्लो महिना प्रदान गरिएको १६.३५ प्रतिशतको तुलनमा केही बढी हो । चाइना प्यासेन्जर कार एसोसिएसनले २०२४ को लागि औसत छुट ८.३५ प्रतिशतमा राखेको भएपनि डिसेम्बरसम्म आइपुग्दा यो बढेर १० प्रतिशत पुगेको थियो ।

विश्लेषकहरुका अनुसार, गत वर्ष ईभीको बिक्री मूल्य र अटोमेकरको लागत बीचको भिन्नता १० प्रतिशतमा झरेको थियो । जुन चार वर्ष अघि लगभग २० प्रतिशत भन्दा बढि थियो । यसरी मार्जिन घट्दै जाँदा चीनका धेरैजसो साना ईभी निर्माताहरू बजारबाट बाहिर हुने अर्थात अवको केही समयपछि ठूला प्रतिस्पर्धीहरूले अधिग्रहण गर्ने उनीहरुको ठम्याई छ ।

घरेलु बजारमा छुट दिएपनि चीनका अधिकांश ईभी उत्पादकले निर्यातमा भने राम्रै मार्जिन राख्ने गरेको जेपी मोर्गानको रिपोर्टमा उल्लेख गरिएको छ । उसका अनुसार, अन्तर्राष्ट्रिय बिक्री बढी नाफामुखी भएका कारण धेरै साना उत्पादकहरु हालसम्म जसोतसो टिकिरहेका छन् ।

सन् २०२५ को पहिलो चार महिनामा ईभीले चीनको कुल सवारी साधन निर्यातको लगभग ३३ प्रतिशत ओगटेको थियो, जुन विगत दुई वर्षमा लगभग २५ प्रतिशत थियो ।

सम्बन्धित समाचारहरू

अल्टो भन्दा सानो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आउँदै, टाटा टियागोसँग प्रतिस्पर्धा हुने

अल्टो भन्दा सानो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आउँदै, टाटा टियागोसँग प्रतिस्पर्धा हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले आफ्नो पहिलो र सबैभन्दा सस्तो...

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...