ईभी भर्सनमा आयो निसान माइक्रा, यस्तो छ विशेषता

निसानले आफ्नो लोकप्रिय ह्याचब्याक कार माइक्राको ईभी भर्सन सार्बजनिक गरेको छ । कम्पनीले छैटौं पुस्ताको माइक्रालाई ईभी भर्सनमा ल्याएको हो । सो ईभीको बिक्री यसै वर्षको अन्त्यतिर युरोपबाट सुरु गर्ने कम्पनीको तयारी छ ।

लन्डनस्थित निसानको डिजाइन युरोप(एनडिई) स्टुडियोमा डिजाइन गरिएको सो कार निकै आकर्षक लुक्समा आएको हो । यसको लम्बाइ ४ हजार एमएम भन्दा कम र चौडाइ १ हजार ८०० एमएम भन्दा कम तथा ह्विलवेश २ हजार ५४० एमएम छ ।

इन्टेरियरको कुरा गर्नुपर्दा, माइक्रा ईभीमा इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टको लागि १०.१ इन्चको ट्विन स्क्रिन र थ्री स्पोक स्टेरिङ ह्विल लगायत फिचर पाउन सकिन्छ । कारमा ३२६ लिटर लिटर क्षमताको बुट स्पेस दिइएको छ ।

सो नयाँ कार ४० किलोवाट आवरको ब्याट्री प्याक र ५२ किलोवाट आवर ब्याट्रि प्याकमा उपलब्ध हुनेछ । जसले क्रमशः ३०८ र ४०८ किलोमिटर रेन्ज दिने दावी गएिको छ । यस कारको अधिकतम पावर १४७ विएचपी तथा टर्क २४५ एनएमसम्म छ ।

४० किलोवाट आवर मोडलले ८० किलोवाटसम्म डीसी फास्ट चार्जर सपोर्ट गर्दछ भने ५२ किलोवाट आवरले १०० किलोवाटसम्म डीसी फास्ट चार्जर सपोर्ट गर्दछ । ३० मिनेटमा १५ देखी ८० प्रतिशतसम्म चार्ज लिन सक्ने यस कारमा भेइकल–टु–लोड फिचर समेत दिइएको छ ।

सम्बन्धित समाचारहरू

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...

निशान म्याग्नाइटको नेपालमा एक वर्ष पुरा, १५ सय युनिट बिक्री भएको दाबी

निशान म्याग्नाइटको नेपालमा एक वर्ष पुरा, १५ सय युनिट बिक्री भएको दाबी

निशानको लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइट नेपाल भित्रिएको एक वर्ष...

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...