बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमार्डौं–आगामी साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० वटा अटोमोबाइल ब्राण्डले सहभागीता जनाउने भएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार २५ गतेसम्म चल्ने उक्त मेलामा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने भएका हुन् ।
मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा/जेको, प्युजो, प्रोटोन, रेनो, फस्कवागेन र जीकरले स्टल वुक गराएका छन् ।
यसैगरी, टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनिली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो सहभागी हुँदैछन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङले स्टल वुक गराएका छन् ।
यी ब्रान्ड हुने छैनन् सहभागी
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसंग असन्तुष्ट व्यवसायी मिलेर गठन भएको नाइमाले पहिलोपटक अयोजना गर्न लागेको उक्त मेलामा अधिकांश अटोमोबाइल इम्पोर्टर तथा म्यानुफेक्चरर्स सहभागी हुने भएपनि देशकै दुई ठूला अटोमोबाइल कम्पनीसहित अन्य केही कम्पनी भने सहभागी नहुने भएका छन् ।
नाइमा मोबिलिटी एक्सपोमा देशको सबैभन्दा ठूला दुई अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुपको सहभागित नहुने भएको हो । यसैगरी, अटोमोबाइल कारोबारमा निकै नै आक्रमक वनरिहेको सिजी मोटर्स र सुजुकी गाडी बिक्री गर्ने कम्पनी सिजी मोटोकर्प समेत नाइमा मोबिलिटी एक्सपोमा सहभागी हुनेछैनन् ।
नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भए लगत्तै अर्को ठूलो मेला नाडा अटो शो आयोजना हुने कारण व्यवसायी समेत बाँडिएका हुन् । नाइमा मोबिलिटी एक्सपोमा सहभागी नभएका यी कम्पनीले भदौ ३ देखी ८ गतेसम्म आयोजना हुने नाडा अटो शोमा भने स्टल वुक गराएका छन् ।
नाइमा मोबिलिटी एक्सपोमा सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटा ब्रान्डका कार अवलोकन गर्न पाइने छैन भने एमएडब्लु ग्रुपले बिक्री गर्ने आधा दर्जन ब्रान्ड यस मेलामा सहभागी नहुने भएका हुन् । एमएडब्लु ग्रुपले हाल जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन ब्रान्डका गाडी आयात गर्दै आएको छ । यो ग्रुपले बिक्री गर्ने यामाहा मोटरसाइकल समेत नाइमा एक्सपोमा सहभागी हुनेछैन ।
यसैगरी, सिजी मोटर्सले एवोन, एक्सपेङ, अवतार, नेटा, स्मार्ट, केवाईसी र किङलङ ब्रान्डका ईभी र हिरो ब्रान्डको मोटरसाइकल आयात गरी बिक्री गर्दै आएको छ । मेलामा भेष्पा/अप्रिलिया र यात्री मोटरसाइकल सहित थप केही इलेक्ट्रिक टु–ह्विलर समेत सहभागी हुनेछैनन् । साथै, स्पेयर पार्ट्स, टायर ट्युव, लुब्रिकेन्ट्स र ब्याट्री तथा एसेसोरिज बिक्री गर्ने कम्पनी समेत नाइमा मोबिलिटी एक्सपोमा सहभागी हुने छैनन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...