कर बढ्ने चर्चा बिच ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभारस्थित सुक्खा बन्दरगाह ईभीले भरिएका छन् । सरकारले ईभीमाथि कर बढाउने तयारी गरेसँगै बजेटअगावै ठूलो संख्यामा भित्र्याइएका हुन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको चर्चा चलेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा कर वृद्धि हुने हल्ला र चर्चा सुरू भएको ४ महिना भइसक्यो । मिडियामा पनि ईभीमा कर बढ्ने विषयले खुबै चर्चा पाइरहेको छ ।

बजेट आउने समय नजिकिँदै गर्दा सवारी बिक्रेताहरूले ईभी आयात ह्वात्तै बढाएका हुन् । बजेटमा कर बढेमा अहिले बेचिरहेका गाडीको मूल्य बढ्ने भएकाले व्यापारीले बजेट अगावै आफ्नो क्षमताले भ्याए जति गाडी ल्याएर स्टक राख्न थालेका हुन् ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले मूल्य बढाउँछ भन्ने अनुमानसहित व्यापारीहरू धमाधम गाडी आयातमा केन्द्रित देखिन्छन् । 

यति बेला बजेटको अघोषित संकेतले ईभी बजार तातेको छ । विशेषतः वैशाख लागेपछि चीनबाट आयात हुने ईभीको चाप भन्सार नाकामा झनै बढेको छ । तातोपानी, रसुवागढी जस्ता प्रमुख भन्सार यार्ड चिनियाँ गाडीले भरिएका छन् ।

सरकारले ईभीलाई प्रोत्साहन नीति अघि सारिने भन्दै आएको छ । तर, स्रोत बढाउने चक्करमा यसपालि भने बजेट मार्फत कर बढाउने हल्ला फैलिएको छ । यस्तै चर्चा चलिरहेका बेला व्यवसायीहरू भने बजेट अघि नै गाडी आयात गरी लाभ लिने होडमा छन् । यद्यपि, कर बढ्ने हल्लाले भन्दा पनि बजार माग अनुसार नै ईभी आयात बढेको हुन सक्ने कतिपयको बुझाई छ । कर थप्ने संकेतसँगै व्यवसायीहरू गाडी आयातमा बढाउनै केन्द्रित छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन...

विश्व प्रसिद्ध टेस्लाका इलेक्ट्रिक कार नेपालमा : यस्ता छन् विशेषता

विश्व प्रसिद्ध टेस्लाका इलेक्ट्रिक कार नेपालमा : यस्ता छन् विशेषता

नेपाली बजारमा टेस्लाका विद्युतीय कार करिव दुई वर्ष देखि बिक्री भइरहेका...

दिपल एस ०७ आईसीएमा अव ‘बाई ब्याक ग्यारेन्टि’ योजना पनि, पाइनेछ यी सुबिधा

दिपल एस ०७ आईसीएमा अव ‘बाई ब्याक ग्यारेन्टि’ योजना पनि, पाइनेछ यी सुबिधा

काठमाडौं–नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...