सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१ प्रतिशतले बढ्दा सेयर मूल्यमा ३ प्रशितले वृद्धि

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१ प्रतिशत नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ ।

यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीका रुपमा उभ्याएको छ । कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको उल्लेख गरिएको छ ।

नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मेलखाने गरी नयाँ उचाइहरू छुने काम गरिरहेको छ । आय विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

आगामी दिनहरूमा सेरेसले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ । यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी लक्ष्यमा योगदान गर्ने कम्पनीको मिसनलाई सहयोग गर्दछ ।

विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडल ल्याउने घोषणा गरेको छ । यसले चीनबाहिर पनि विद्युतीय सवारीको रूपान्तरणमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्दछ ।

यसका साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ ।

चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ ।सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...